६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापाका पाँच स्थानीय तहको बजेट सार्वजनिक, कुनमा कति बजेट ?

१० असार २०७६, मंगलवार १५:४९

असार १०, भद्रपुर (रासस) | झापाका १५ स्थानीय तहमध्ये चार नगरपालिका र एक गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेका छन् ।

झापाको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि रु ७१ करोड ४१ लाख ९५ हजारको बजेट प्रस्ताव गरेको छ । सो बजेट आज सम्पन्न नगरसभामा उपप्रमुख चन्द्रा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित बजेटअनुसार रु ११ करोड ९७ लाख २२ हजार चालू तथा प्रशासनिक खर्चमा छुट्याइएको छ भने बाँकी पूँजीगत खर्च रहनेछ । 

गत आवको तुलनामा आगामी वर्षका लागि रु ११ करोड बढीको बजेट प्रस्ताव गरिएको छ । त्यसैगरी, गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले आगामी आव २०७६/७७ का लागि रु ८५ करोड ४२ लाख ७२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । 

अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले पनि आजै रु एक अर्ब ५ करोड ९० लाख ३९ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले सोही आवका लागि रु ८७ करोड ५४ लाख पाँच हजारको बजेट प्रस्तुत गरिएको बताउनुभयो । यसैगरी, गौरीगञ्ज गाउँपालिकाले रु ३४ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या