६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी नगरपालिकाको बजेट ४४ करोड ५९ लाख

१० असार २०७६, मंगलवार १६:०३

असार १०, जाजरकोट (रासस) | भेरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ । सदरमुकाम खलङ्गामा भएको पाँचौं नगरसभाको बैठकमा उपप्रमुख भावना भण्डारीले आव २०७६/७७ को बजेट पेश गर्नुभयो । 

उपप्रमुख भण्डारीले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण निशर्त अनुदान रु ११ करोड ७६ लाख, सशर्त अनुदान रु २० करोड ४० लाख, राजश्व बाँडफाँडबाट रु १० करोड तीन लाख र प्रदेश सरकारबाट निशर्त अनुदान तथा राजश्व बाँडफाँड गरी रु एक करोड १५ लाख र नगरपालिकाको आन्तरिक स्रोत रु एक करोड २५ लाख प्राप्त हुने जानकारी गराउनुभयो । 

नगरसभाले  पूर्वाधार विकासमा सबैभन्दा बढी रु १२ करोड ९६ लाख  विनियोजन गरेको छ भने सामाजिक विकासमा रु दुई करोड ५८ लाख, आर्थिक विकासमा रु एक करोड ५५ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड तीन लाख, सुशासन तथा संस्थागत विकासमा रु एक करोड तीन लाख विनियोजन गरिएको छ ।

नगरसभाले विपन्न नागरिकका लागि विशेष कार्यक्रम, स्वास्थ्य कार्यक्रम, समुदाय सशक्तिकरण कार्यक्रम, पूर्ण सरसफाइ कार्यक्रम, जातीय विभेद् विरुद्धको अभियान, नगर किसान हातेमालो कार्यक्रम, शीघ्र प्रभाव लगायतका कार्यक्रमका लागि विशेष बजेटको व्यवस्था गरिएको छ । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बजेट कार्यान्वयनमा सबै पक्षको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या