२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पर्क केन्द्र सञ्चालनमा, २४ सै घण्टा सेवा लिन सकिने

२०७६, ११ असार बुधबार १६:४८

असार ११, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चौबीसै घण्टा खुला रहनेगरी सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ । जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि गर्न सञ्चालित केन्द्रको बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका अध्यक्ष ताराचन्द केडियाले उद्घाटन गरे ।


सम्पर्क केन्द्रबाट आम नागरिकले जीवन बीमा कम्पनीको बीमा पोलिसीहरुको बारेमा परामर्श लिन सक्ने रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । सातै दिन २४ सै घण्टा केन्द्रबाट ग्राहक र रिलायन्स साथी(अभिकर्ता)ले सल्लाह, सुझाव र गुनासो कम्पनीको आधिकारिक फेसबुक, ट्वीटर, वेबसाइट, इमेल वा मोबाइल एप र ०१-४७८७२२४ मा फोन गरी  प्रेषित वा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको पराजुलीले बताए ।


नेपालको जीवन बीमा इतिहासमा कम्पनीले पहिलो पटक २४ सै घण्टा खुल्नेगरी सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको छ, पराजुलीले भने 'यो शुरुवात मात्र हो, आगामी दिनमा सेवालाई निरन्तरता दिंदै बीमाको क्षेत्रमा अग्रणी भएर सेवा प्रदान गर्दछौं ।' सम्पर्क केन्द्रमा दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गरिएकोले कुनै पनि व्यक्तिले आंफुले चाहेको बेलामा विभिन्न माध्यमबाट सम्पर्क गरि बीमाको विभिन्न पक्षको बारेमा जानकारी लिन सक्ने उनले बताए । 

सम्पर्क केन्द्र संचालन गरेकोमा बधाई दिंदै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नीति निर्माणका विषयमा कुनै जिज्ञासा तथा गुनासा केन्द्रमा आएमा बीमा समितिमा पठाइदिन अनुरोध गरे । पछिल्लो समय बीमा प्रति आकर्षण बढेको भन्दै उनले यो आर्थिक वर्षमा बीमामा पहुँच २० प्रतिशत पुग्ने बताए। एकै व्यक्तिले २/३ वटा पोलिसी लिन सक्छ, फागुनसम्म ६३ लाख पोलिसी बिक्रि भएको छ उनले भने 'हामी यतिमै सन्तुष्ट छैनौं, नेपालीहरुको आय र बचतलाई हेर्दा निकट भविष्यमै बीमाको पहुँच अहिलेको अवस्थमा डब्बलमा जान सक्नेछ, त्यस्तो अवस्थासम्म बीमा कम्पनीकै रुपमा र त्यसपछि लगानी कम्पनीमा रुपान्तरण गर्ने गरि काम गर्नुपर्छ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी