२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असार १५ र १६ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने, नीति विश्लेषण र आन्तरिक रोजगारीलाई प्राथमिक

२०७६, १३ असार शुक्रबार १३:२१

असार १३, काठमाडौं। सरकारले आगामी असार १५ र १६ गते काठमाडौंमा राष्ट्रिय श्रम तथा  रोजगार सम्मेलन गर्ने भएको छ ।  नेपाली श्रम बजारमा रोजगारीको सम्भावना भएका क्षेत्रको माग र आपूर्तिको अवस्था विश्लेषण गर्दै श्रम शक्तिको सीपको अवस्था पहिचान गरि स्वदेशमा नै सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाउने नीति बनाउन सम्मेलन गर्न लागिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 


२ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय तथ्यांक विभागको विवरण अनुसार नेपालमा ११.६ प्रतिशत बेरोजगार र ३० प्रतिशत अर्धबेरोजगार जनशक्ति रहेको छ । त्यस्तै श्रम शक्ति सहभागीतादर ३८,५ प्रतिशत तथा औषत श्रम उत्पादकत्व वार्षिक १ लाख ८४ हजार रहेको तथ्यांक छ ।

नेपालमा कुन क्षेत्रमा कति रोजगारीको सम्भावना छ र उपलब्ध जनशक्ति कति छ अध्ययन गरि सबैलाई रोजगारीमा जोड्नका लागि सम्मेलेन गर्न लागिएको हो । आगामी दिनमा श्रम क्षेत्रका विद्यमान नीति तथा ऐन नियममा कस्ता कुराहरु परिवर्तन गर्न आवश्यक छ भन्ने बारे  सरोकारवाला विच प्रयाप्त छलफल गरि निष्कर्षमा पुग्नका लागि सम्मेलन फलदायी हुने श्रममन्त्री गोकर्ण विष्टले विश्वास प्रकट गरे । रोजगारी अवसर रहेका क्षेत्र र बेरोजगारहरुलाई जोड्ने नीति बनाउन पनि सम्मेलनले सहयोग पुग्ने अपेक्षाका साथ सरकारले काम गरिरहेको उनले बताए ।

रोजगारीका लागि आवश्यक सिपको विकास गरि नेपालमा भएको बाह्य जनशक्तिलाई विस्थापन गर्दै लैजाने नीति अनुरुप स्वदेशी श्रमिकलाई अवसर प्रदान गर्नका लागि पनि सम्मेलनले सहयोग पुग्ने मन्त्री विष्टले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले कम्तीमा नेपालमा नै रोजगारीको सम्भावना छ भनेर रक्तसञ्चार गर्ने काम गरेको उनले बताए । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मन्त्रालयले १ वर्षको विचमा ७५ भन्दा बढी प्रक्रिया पुरा गरि कार्यक्रम संचालन गरेको स्मरण गर्दै भने 'एकै पटक देशभरि कार्यक्रम चलिरेको छ यस विचमा केहि ठाउँमा कमजोरी भएको गुनासो देखिएकोले त्यसलाई सुधार गर्न निर्देशन दिईसकेका छौं ।'

प्राविधिक सत्र तथा प्यानलमा छलफल

सम्मेलनमा प्रविधिक सत्र अन्तर्गत कार्यपत्र प्रस्तुती खण्डमा ९ वटा विषयमा करिव ५० जना विषयगत विज्ञको टोलीले प्रस्तुती, टिप्पणी तथा सहजिकरणको व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता रेग्मीले जानकारी दिए । कार्यक्रममा निर्माण क्षेत्र, घरेलु तथा साना उद्योग, सूचना प्रविधिको क्षेत्र र सेवा क्षेत्रलाई समेट्दै ५० जना विषयगत विज्ञको टोलीबाट विशेष टिप्पणी र सहजिकरण हुने व्यवस्था मिलाइएको उनले बताए ।

सम्मेलन स्थलमै प्रदशनी 

सम्मेलन स्थलमा नै नमूना उद्यमीहरुको प्रदर्शनी कक्ष मार्फत विभिन्न उद्योगी समूह, उद्यमीको संजाल तथा व्यवसायीहरुले आ–आफ्नो क्षेत्रका आवश्यकता, व्यवसाय विकासको संभावना, सीप तथा क्षमता विकासको आवश्यकता, सूचना प्रविधिको भूमिकाहरु प्रस्तुत गर्नुहुने लक्ष लिइएको मन्त्रालयले जनाएको छ । विशेषतः जुत्ता, पर्यटन तथा होटल व्यवसाय, सूचना प्रविधि, साना सामाग्री उत्पादन आदि विषयमा प्रत्येकको छुट्टाछुट्टै एकाइमा प्रदर्शनी गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी