२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सानिमा लाइफद्वारा ११ घातक रोगलाई समेटेर ‘सानिमा घातक रक्षावरण’ योजना सार्वजनिक

२०७६, १९ असार बिहीबार १०:१७

असार १९, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा घातक रक्षावरण’ योजना ल्याएको छ। विहिबार एक कार्यक्रमका विच बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं र इन्स्योरेन्स कम्पनीका संचालक समिति सदस्य डा. सुवर्ण दास श्रेष्ठले सार्वजनिक गरे । 


कमजोर आर्थिक अवस्थाले गर्दा घातक रोग लाग्दा उपचार नपाएर बिरामीको मृत्यु हुने गरेको अवस्थालाई ध्यान दिंदै सानिमा लाइफ इन्स्योरेन्सले मुख्य ११ वटा रोगहरुको स्वास्थ्य सुरक्षा बीमा योजना सार्वजानिक गरेको  कम्पनीका महाप्रवन्धक शिवराम तिमिल्सिनाले बताए ।  विकासक्रमसँगै मानिसहरुको खानपानमा आएको परिवर्तन व्यस्त जीवनशैली तथा प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भीर किसिमको प्रभाव पार्ने कारण कयौं मानीसहरु घातक रोगबाट पीडित रहेको, उनीहरुको आर्थिक अवस्था कमजोर भएकोले गर्दा इन्स्योरेन्सले सबै कुरालाई ध्यानमा राखी उक्त योजना सार्वजानिक गरेको कम्पनीले जनाएको छ।

बीमा समितिका अध्यक्ष चापागाईंले नयाँ बीमा योजना ल्याएकोमा कम्पनीलाई धन्यवाद दिंदै बीमा योजनालाई लक्षित वर्गसम्म पुर्याउने दायित्व कम्पनी, अभिकर्ताको भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे। 


बीमा योजना अन्तर्गत बीमा प्रस्तावकले निर्धारित बीमाशुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । जसको लागि बीमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा विभिन्न शर्तहरुभित्र रही मुल बीमाङकको आधारमा ५० लाखसम्मको बीमा सुविधा एकमुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

रक्षावरण गरिएका घातक रोगहरु:

कडा प्रकृतिको क्यान्सर

निरन्तर डायलसिसको आवश्यक्ता पर्ने गरी भएको मृगौला विफलता

कडा प्रकृतिको प्रथम हृदयघात

स्थायी प्रकृतिको मष्तिष्कघात

विषेश कडा प्रकृतिको कोमा

प्राइमरी पलमोनरी आटिरियल हाइपरटेन्सन

एओर्टा ग्राफ्ट शल्यक्रिया

कोरोनरी धमनी वाईपास ग्राफ्ट

ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत

मुख्य अंग वोनम्यारो प्रत्यारोपन

निरन्तर लक्षणसहितको कल्टिपल स्क्लेरोसिस

विषेशताहरु:

घातक रोग बीमा सुविधा ५० हजारदेखि ५० लाखसम्म

प्रवेश उमेर १८ वर्षदेखि ५५ वर्षसम्म

बीमा अवधि ५ वर्षदेखि २५ वर्षसम्म

अधिकतम बीमाशुल्क भुक्तानी ६५ वर्षसम्म

विषेश शर्तहरु :

प्रतिक्षा अवधि : यस योजना अन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ ।

अस्तित्व अवधि : घातक रोग निरुपन अवधि ३० दिन कायम गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी