२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैदेशिक रोजगारमा गएका युवाहरुले स्वदेशमै मिमोसा मल्टीप्रपोज कम्पनि संचलानमा ल्याए

२०७६, २१ असार शनिबार ०८:४९

असार २१, कतार | कतारमा बैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुले सयुक्त लगानीमा मिमोसा मल्टीप्रपोज नामक व्यवसाय कम्पनि संचालन गत १ जुलाईका दिन औपचारिक रुपमा उद्दघाटन  गरेका छन् । 

आफै मालिक आफै श्रमिक हुनु पर्छ भन्ने उदेश्यले कतारबाट उक्त कम्पनिमा लागनीगर्ने  युवाहरु मध्ये केहि युवाहरु स्वदेश फर्किएर काठमाण्डौंको चावहिलमा मिमोसा मल्टि प्रर्पोज प्रालि मार्फत विविध व्यवसाय संचालनमा ल्याएका हुन् ।


नेपालमै स्वरोजगार हुनु पर्छ भदै राजधानीको चावहिलमा मिमोसा रेष्टुरेन्ट एण्ड थकाली किचेन, मिमोसा ट्राभल्स एजेन्सी र मिमोसा आयुवेदिक क्लिनिक संचालनमा ल्याइएका छन् भने अहिले उनीहरुले करिब २०/२२ जना युबाहरुलाई रोगगार दिएका छन् । 

करिब ५० लाखको सुरुवाती लगानीमा संचालनमा आएको यो मल्टि कम्पनीको असार १६ गते सोमबार नेपालका चर्चित बरिष्ठ कलाकार दिपकराज गिरीले एक विशेष कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरेका थिए । रिवन र केक काटेर उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले विदेशबाट स्वदेश फर्किएर युवाहरुले संयुत रुपमा लगानी गरी गरेको काम अन्य युवाहरुको लागि उदाहरणीय भएको भन्दै  सफलताको शुभकामना दिएका थिए । 


त्यसै गरि कतारमा गएका युबाहकै लगानी गरेका उक्त कम्पनि संचालन भएको हुदा कतारको रोयल नेपाली रेस्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रम गरेर भव्यताका साथ ओपनिङ्ग गरेका थिए । कार्यक्रममा करिब तिन सय जना नेपालीहरुको बाक्लो उपस्थिथि रहेको थियो । कार्यक्रममा डिएमआइका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले ब्यवसायिक सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रमको समापन गर्दै सोहि कम्पनि कतारका अध्यक्ष्य मोहन श्रेष्ठले कतारमा कमाएको केहि पैसा घर खर्चबाट बचेको स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्धेश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको बताउछन । साथै यस कम्पनिले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको  पनि जानकारी दिएका थिए भने कार्यक्रमको संचालक सचिब हिरा बिक ले उपस्थित सम्पूर्णलाई  हसाउदै केन्द्रित कार्यक्रममा केन्द्रित गराएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो