६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैदेशिक रोजगारमा गएका युवाहरुले स्वदेशमै मिमोसा मल्टीप्रपोज कम्पनि संचलानमा ल्याए

२१ असार २०७६, शनिबार ०८:४९

असार २१, कतार | कतारमा बैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुले सयुक्त लगानीमा मिमोसा मल्टीप्रपोज नामक व्यवसाय कम्पनि संचालन गत १ जुलाईका दिन औपचारिक रुपमा उद्दघाटन  गरेका छन् । 

आफै मालिक आफै श्रमिक हुनु पर्छ भन्ने उदेश्यले कतारबाट उक्त कम्पनिमा लागनीगर्ने  युवाहरु मध्ये केहि युवाहरु स्वदेश फर्किएर काठमाण्डौंको चावहिलमा मिमोसा मल्टि प्रर्पोज प्रालि मार्फत विविध व्यवसाय संचालनमा ल्याएका हुन् ।


नेपालमै स्वरोजगार हुनु पर्छ भदै राजधानीको चावहिलमा मिमोसा रेष्टुरेन्ट एण्ड थकाली किचेन, मिमोसा ट्राभल्स एजेन्सी र मिमोसा आयुवेदिक क्लिनिक संचालनमा ल्याइएका छन् भने अहिले उनीहरुले करिब २०/२२ जना युबाहरुलाई रोगगार दिएका छन् । 

करिब ५० लाखको सुरुवाती लगानीमा संचालनमा आएको यो मल्टि कम्पनीको असार १६ गते सोमबार नेपालका चर्चित बरिष्ठ कलाकार दिपकराज गिरीले एक विशेष कार्यक्रमका बिच औपचारिक रुपमा उद्घाटन गरेका थिए । रिवन र केक काटेर उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले विदेशबाट स्वदेश फर्किएर युवाहरुले संयुत रुपमा लगानी गरी गरेको काम अन्य युवाहरुको लागि उदाहरणीय भएको भन्दै  सफलताको शुभकामना दिएका थिए । 


त्यसै गरि कतारमा गएका युबाहकै लगानी गरेका उक्त कम्पनि संचालन भएको हुदा कतारको रोयल नेपाली रेस्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रम गरेर भव्यताका साथ ओपनिङ्ग गरेका थिए । कार्यक्रममा करिब तिन सय जना नेपालीहरुको बाक्लो उपस्थिथि रहेको थियो । कार्यक्रममा डिएमआइका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चुवान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले ब्यवसायिक सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रमको समापन गर्दै सोहि कम्पनि कतारका अध्यक्ष्य मोहन श्रेष्ठले कतारमा कमाएको केहि पैसा घर खर्चबाट बचेको स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्धेश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको बताउछन । साथै यस कम्पनिले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको  पनि जानकारी दिएका थिए भने कार्यक्रमको संचालक सचिब हिरा बिक ले उपस्थित सम्पूर्णलाई  हसाउदै केन्द्रित कार्यक्रममा केन्द्रित गराएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या