२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा ६ महीनापछि विद्युत् सेवा पुन सञ्चालन

२०७६, २४ असार मंगलवार ११:१७

असार २४, डोल्पा | हिमाली जिल्ला डोल्पामा छ महीनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको साना जैरीगाढ जलविद्युत् आयोजना अवरुद्ध भएको करीब छ महीनापछि पुनःसञ्चालन भएको हो ।

लामो समयदेखि अवरुद्ध जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालन भएपछि सर्वसाधारण खुशी भएका छन् । विद्युत्को नहरमा गत फागुनमा करीब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो ।

नेपाल विद्युत प्राधिकरणको रु ५५ लाखको लागतमा भत्केको नहर मर्मत गरी विद्युत् सेवा पुनःसञ्चालन गरिएको इञ्जिनीयर बादल बुढामगरले जानकारी दिनुभयो । विद्युत् नहुँदा लामो समयसम्म अन्धकार खेप्न बाध्य सदरमुकाम दुनै, जुफाललगायतका गाउँबस्तीका सर्वसाधारणहरु बत्ती बलेसँगै खुशी भएका हुन् ।

भत्किएको नहर प्रभावकारी रुपमा निर्माण गरिएकाले प्राकृतिक विपत्ति नआएमा नियमित विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । विद्युत् खपत बड्दै गएकाले विद्युत् भार कटौती जारी हुने वितरण केन्द्रको भनाइ छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने