६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोल्पामा ६ महीनापछि विद्युत् सेवा पुन सञ्चालन

२४ असार २०७६, मंगलवार ११:१७

असार २४, डोल्पा | हिमाली जिल्ला डोल्पामा छ महीनापछि विद्युत् सेवा पुनःसञ्चालन भएको छ । ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको साना जैरीगाढ जलविद्युत् आयोजना अवरुद्ध भएको करीब छ महीनापछि पुनःसञ्चालन भएको हो ।

लामो समयदेखि अवरुद्ध जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालन भएपछि सर्वसाधारण खुशी भएका छन् । विद्युत्को नहरमा गत फागुनमा करीब ६० मिटर सुख्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो ।

नेपाल विद्युत प्राधिकरणको रु ५५ लाखको लागतमा भत्केको नहर मर्मत गरी विद्युत् सेवा पुनःसञ्चालन गरिएको इञ्जिनीयर बादल बुढामगरले जानकारी दिनुभयो । विद्युत् नहुँदा लामो समयसम्म अन्धकार खेप्न बाध्य सदरमुकाम दुनै, जुफाललगायतका गाउँबस्तीका सर्वसाधारणहरु बत्ती बलेसँगै खुशी भएका हुन् ।

भत्किएको नहर प्रभावकारी रुपमा निर्माण गरिएकाले प्राकृतिक विपत्ति नआएमा नियमित विद्युत् सेवा सञ्चालनमा आउने नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । विद्युत् खपत बड्दै गएकाले विद्युत् भार कटौती जारी हुने वितरण केन्द्रको भनाइ छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या