२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंमा ‘मेरिएट होटल’ संचालनमा

२०७६, ३ श्रावण शुक्रबार ०४:०६

साउन ३, काठमाडौं | नेपालको राजधानीमा 'काठमाडौं मेरिएट होटल' संचालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ ।

मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने “हामी हाम्रो फ्ल्यागसीप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं । सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ । हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।”


“व्यवसायीक यात्रुहरु र फुर्सदीलो यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु रहेका छन् जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन ।” 

होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् । 

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरिएटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ । काठमाडौं मेरिएट होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने “काठमाडौं मेरिएट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ । हामी अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेका छौं । हाम्रो विशेष ४ डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गर्दछौं जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको छ ।” 


७४० स्क्वायर मिटर भन्दा बढि क्षेत्रफल भएको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरिएट होटल कन्फेरेन्स र बैठकका लागि पनि उपयुक्त छ । एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य समेत देखिन्छ ।

६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दा बढि होटल र रिसोर्ट भएको मेरिएट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो