२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाइपलाइनबाट पेट्रोलियम पदार्थ केही दिनभित्रै, पाइपलाइनको परीक्षण सफल

२०७६, ३ श्रावण शुक्रबार १६:२९

साउन ३, काठमाडौँ | नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । 

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गर्नुभएको छ । 

परियोजनाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो पटक भारतले पटनाको मोतिहारी हुँदै अमलेखगञ्जसम्म पाइपलाइनबाट पठाएको डिजल अमलेखगञ्ज डिपोमा प्राप्त गरेको र सो कार्यको परीक्षणसमेत भइरहेको जनाइएको छ ।

“अबको केही दिनभित्र अमलेखगञ्ज डिपोका प्राविधिक प्रक्रिया सम्पन्न गरी पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात कार्यको शुरुआत गरिने छ”, विज्ञप्तिमा उल्लेख छ । 

पाइपलाइनको परीक्षण सफल 

वीरगञ्ज–मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । बिहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएको आयोजना कार्यालय सिमराले जनाएको छ । 

“अमलेखगञ्जमा राखिएको ट्याङ्किमा डिजल पठाउन पटनामा तयारी अवस्थामा रहेको छ र सुइच अन गरेपछि सो डिजल अमलेखगञ्ज आउने छन”, आयोजनाका इञ्जियर शरदकुमार पौडेलले राससलाई भन्नुभयो । 

यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । आज पनि डिजल पठाएर परीक्षण गरिएको छ । शुरुमा पाइपलाइनबाट ६५० किलोलिटर पानी र एक हजार किलोलिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको थियो । पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पाइपभित्र तरल पदार्थसँगै रबरका टुक्रा, इलेक्ट्रिक, चुम्बकीय पदार्थ आदिको मात्रा सहितका पदार्थ पठाएर पाइपको भित्री भाग सफा गरिएको थियो । 

सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण गरिएको थियो । 

यसमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानी छ । जसमा दुई अर्ब भारत सरकारको र रु ७५ करोड नेपाल सरकारको रहेको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ । विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउन सकिने छ ।  

अमलेखगञ्जस्थीत आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिनेछ । सो पाइपलाइनको उद्घाटंन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोकने प्रक्रिया शुरु भएको जनाइएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो