७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेगा बैंकको ९ औं वार्षिकउत्सव : खुद मुनाफा आर्जन ७० गुणाले बढ्यो

७ श्रावण २०७६, मंगलवार ०९:४४

साउन ७, काठमाडौं। मेघा बैंकले संचालनको नवौं वर्ष पार गर्दासम्म खुद मुनाफा आर्जनमा ७० गुणाले वृद्धि गरेको छ। बैंकको ९ औं वार्षिकउत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमा बोल्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले उक्त जानकारी दिएका हुन् ।


बैंकले विगत ९ वर्षसमको अवधिमा शाखा संजालमा ८ गुणा, एटिएम संजालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा फड्को मारेको बैंकका अध्यक्ष शाहले बताए । त्यस्तै खुद मुनाफामा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले वृद्धि गरेको उनले बताए।

नेपाल राष्ट्र बैंकले विग मर्जरलाई जोड दिएको सन्दर्भ जोड्दै बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरमा जाँदा बैंकको चुक्ता पुँजी कम्तिमा १७/१८ अर्ब पुग्ने भएकोले त्यस्तो अवस्थामा संचालक ७ जनाले नै चलाउन सक्लान भन्दै प्रश्न गरे ? चुक्त्ता पुजी अनुसार बैंक संचालक संख्यामा पनि नेपाल राष्ट्र बैंकले पुन: विचार गर्नुपर्नेमा उनले जोड दिए ।मेघा बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार मर्जर कमिटी बनाएर अगाडी बढेको उनले बताए । 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले मर्जरको ५० प्रतिशत काम सकिसकेको बताईन्। बैंकले मर्जरको तीब्र तयारी गरिरकेको बताउँदै सीइओ खुञ्जेलीले अब ५० प्रतिशत काम मात्रै बाँकी भएको जानकारी दिईन्। मर्जरको ५० प्रतिशत काम सक्यौं, बाँकी ५० प्रतिशत जनशक्ति व्यवस्थापनको विषय टुंगिएको छैन, यसलाई टुंग्याउन काम भइरहेको छ उनले भनिन्।'


एक शाखा, एक छोरी छात्रबृत्ति घोषणा

उक्त कार्यक्रममा सिइओ खुञ्जेलीले एक शाखा, एक छोरी छात्रवृत्ति घोषणा गरिन् । छोरीको उज्वल भविश्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले शिक्षा नै ज्योति अभियान अन्तर्गत प्रत्येक शाखाबाट १-१ जना छात्रालाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहयोग गर्ने गर्नेछ। कार्यक्रममा बैंकले डोल्पाका गरिब तथा जेहेन्दार विद्यार्थी छिरिङ तावा बुढालाई उच्च शिक्षा अध्ययनका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

गत आर्थिक वर्षमा निक्षेप संकलन ८२ अर्ब र कर्जा प्रवाह ७३ अर्ब पुगेको बैंकले जनाएको छ । एक वर्षमा ग्राहक संख्या गत वर्ष १ लाख ४६ हजार बढेर ६ लाख ४३  हजार पुगेको बैंकले जनाएको छ । यस अवधिमा कर्जाको आकार ३३ लाख र निक्षेपको १ लाख २७ हजार रहेको बैंकले जनाएको छ। बैंकका देशभर १०२ शाखा र १९ एक्टेन्सन काउन्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या