२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनएमबि म्युचुअल फण्डका २ इकाइको लाभांश घोषणा, तेस्रो म्युचुअल फण्ड ‘एनएमबी–५०’ आउंदै

२०७६, १२ श्रावण आईतवार ०७:०३

साउन १२, काठमाण्डौ। एनएमबी क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फन्ड ‘एनएमबी–५०’ लन्च गरेको छ । लगानीकर्तालाई राम्रो लाभांश वितरण गर्ने लक्ष्य सहित एनएमबी क्यापिटलले आफ्नो तेस्रो म्युचुल फन्डको रुपमा ‘एनएमबी–५०’ लन्च गरेको जनाएको छ । 

यो म्युचुअल फन्ड नेपाल स्टक एक्सचेन्जमा उत्कृष्ट प्रदर्शन गर्ने ५० वटा कम्पनीको सेयरहरुमा मात्र केन्द्रित हुने जनाइएको छ । लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दै एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केशीले लगानी रकमको उचित प्रतिफल दिन तयार रहेको बताए ।


यो म्युचुअल फन्डको प्रतिइकाई मूल्य रु.१० अंकित १२ करोड इकाइ भोलि(साउन १३ गते) बाट बिक्री खुला हुनेछ । जसमध्ये न्यूनतम १ करोड ८० लाख इकाइ वा कुल बिक्री भएको इकाई संख्याको १४ प्रतिशत इकाई कोष प्रवद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटल लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी न्यूनतम १० करोड बीस लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिने जनाइएको छ। 

छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र यो स्किममा लगानीका लागि आवेदन दिनुपर्नेछ । 

दुई इकाइको लाभांश घोषणा

एनएमबि म्युचुअल फण्डका दुई इकाइको लाभांशको घोषणा भएको छ । संचालक समितिको बैठकले सेयरधनीलाई गतवर्षको कारोबारबाट मुनाफाका आधारमा लाभांशको घोषणा गरेको हो ।

एनएमबि सुलभ इकाई १ का इकाइधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश र एनएमबि हाइब्रिड फण्ड १ बाट कर सहित १० प्रतिशतको दरले लाभांश दिने एनएमबी क्यापिटलका सञ्चालक समिति अध्यक्ष पशुपति मुरारकाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ