७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्मचारीको क्षमता बढाउन तालिम प्रदायक निकायबिच सहकार्य हुने

१४ श्रावण २०७६, मंगलवार ०१:३७

साउन १४, काठमाडौं । कर्मचारीहरुको क्षमता विकासमा असल अभ्यासको अवलम्बन गरी क्षमता विकासका कार्यक्रमहरुलाई प्रभावकारी वनाउन नेपाल सरकारका तालिम प्रदायक निकायहरुले सहकार्य गर्ने भएका छन् ।  सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरको विशेष पहल र आयोजनामा  सोमबार नेपाल सरकार अन्तर्गत केन्द्रीय स्तरका तालिम प्रदायक निकायका प्रमुख एवं प्रतिनिधि पदाधिकारीहरुवीच एक छलफल कार्यक्रम एवं समन्वय बैठकले यस्तो निर्णय गरेका हुन् ।

तालिम प्रदायक निकायहरुले मोडुल निर्माण , पाठ्यक्रम निर्माण, प्रशिक्षार्थीले व्यवहारिक ज्ञान हासिल गर्न सक्ने किसिमको प्रवचन प्रारुप, अन्तरसम्बन्धित विषयहरुलाई तालिम कार्यक्रममा समावेश गर्न अनुभवको नियमित आदान प्रदान गरि आ आफ्ना तालिम कार्यक्रमहरुको प्रभाकारिता अभिवृध्दि गर्ने सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख दामोदर रेग्मीले जानकारी दिए । यसको अतिरिक्त तालिम प्रदायक संस्थाहरुवीच सम्पर्क संजाल बढाउने, एक अर्काका विभिन्न तालिम मोड्यूलहरु वारे जानकारी हासिल गर्ने, स्रोत व्यक्ति व्यवस्थापन लगायत तालिम सम्वद्ध विविध विषयहरुमा एक अर्कामा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित रहेको रेग्मीले बताए  । 

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले गुणस्तर प्रमाण आइ एस ओ ९००१: २०१५ प्राप्त गरेपछि तालिम र यसका प्रकाशनलाई अन्तर्राष्ट्यि मान्यता अनुकुल वनाउन विभिन्न प्रयास गर्दै आएको छ । जसमा संघीय संरचना अनुरुप व्यवहारोपयेगी तालिम, रणनीतिक योजना निर्माण र गुणस्तरयुक्त क्षमता वृध्दिव्दारा आर्थिक सुशासनमा योगदान दिने जस्ता विषयहरु रहेका छन् ।  उक्त छलफल कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरका तालिम प्रमुख दामोदर रेग्मी, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेश प्रसाद भट्ट, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका अध्ययन निर्देशक तुलसी शरण सिग्देल, कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख निरु दाहाल पाण्डेय, नेपाल होटल व्यवस्थापन तालिम केन्द्रका संयोजक सूर्य किरण श्रेष्ठ र  हुलाक प्रशिक्षण केन्द्रकी  प्रशिक्षक सुधा रेग्मी लगायत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्दका वरिष्ठ प्रशिक्षक एवं प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या