२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक, हेर्नुहोस के के छन् ?

२०७६, १६ श्रावण बिहीबार १२:१२

साउन १६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७५/०७६ बाट कार्यन्वयनमा ल्याइएको प्रधामन्त्री रोजगार कार्यक्रमको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । 


हिजो बुधबारसम्म प्राप्त तथ्याङ्कअनुसार गत आर्थिक वर्ष भरी ७५३ स्थानीय तहमध्ये ५९९ स्थानीय तहको कार्य बिबरण प्राप्त भएको प्रधानमन्त्री रोजगार कार्यकम शाखाका उप सचिव डा. लोकनाथ भुसालले जानकारी दिए । ५९९ स्थानीय तहहरुबाट ६ हजार ८ सय ६४ योजनाहरुमा १ लाख ७५ हजार ९ सय ९ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । कुल २२ लाख ६२ हजार २ सय ६९ दिन सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नेपाल भरिबाट औषतमा एक व्यक्तिले १३ दिन काम पाएको समेत उपसचिव भुसालले बताए । बाँकी स्थानीय तहहरुमा आवश्यकिय रोजगार संयोजकको अभावमा कार्यक्रम पुर्याउन नसकिएको मन्त्रालयले बताएको छ ।


७ सय २८ स्थानीय तहबाट प्राप्त जानकारी अनुसार १७ लाख १ हजार ५ सय ६१ जनाले बेरोजगार सूचीमा नाम दर्ता गरेको मन्त्रालयले जानकारी दिएको छ। साथै २५ वटा स्थानीय तहमा बेरोजगारको तथ्यांक संकलन हुन नसकेको मन्त्रालयले जनाएको छ ।  


गत वर्षबाट शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट छुट्याएको थियो । बजेट हस्तान्तरण गर्दा एउटा स्थानीय तहमा न्यूनतम ५ लाखभन्दा कम नहुने गरि र अधिकतम एक करोड नबढ्ने गरि बाँड्फाँड गरेर कार्यक्रम संचालन गरिएको मन्त्रालयले जनाएको छ । 


रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले एक आर्थिक वर्षमा १०० दिनको रोजगारी प्राप्त गर्न नसक्ने सूचीकृत बेरोजगारी व्यक्तिको तोकिएको मापदण्ड भित्रका परिवारलाई १०० दिनेमध्ये रोजगार नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतको बराबरको. रकम निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था समेत गरेको थियो । तर कार्यक्रमका शुरुका दिनहरु ८६ वटा प्रक्रिया पुरा गर्नमा नै समय लागेकोले आर्थिक वर्षको अन्तिममा कार्यक्रमले गति मन्त्रालयले दावी गरेको छ।  


कार्यक्रममा बोल्दै श्रममन्त्री गोकर्ण विष्टले भने ‘खर्बौ रुपैयाँको बजेटले चर्चा नपाएको अवस्थामा सानो रकमले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले चर्चा पाएको छ, यसका लागि हामी सबै बधाईका पात्र छौँ,’।  'बेरोजगारीका कथैकथा प्रस्तुत हुने ठाउँमा, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारीको अभियान चलाइएको हो’ विष्टले भने, ‘निराशालाई आशामा बसाल्न, भविष्यप्रति आत्मविश्‍वा जगाउन प्रधानमन्त्री रोजगार कार्यक्रम चलाएका हौँ।’ 


मन्त्री विष्टले विगतका कमीकमजोरीबाट पाठ सिकेर अझ यस कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन केन्द्र, प्रदेश र स्थानीय तहहरुसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी