७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार गुणा कर बढाएको भन्दै निजी क्षेत्रले गरे सरकारको विरोध

१९ श्रावण २०७६, आईतवार १०:२४

साउन १९, काठमाडौँ  |  उद्योगी, व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको  विरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुने गरी वृद्धि गरेको दावी गर्दै बिरोध  गरेका हुन् ।

आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत व्यवसायीहरु करको दोहोरो मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता जनाए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरे । उनले व्यवसायीलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे । 

उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।  करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या