२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रारामार्टद्वारा ‘सपिंङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि’ योजना सार्वजनिक

२०७६, २३ श्रावण बिहीबार १३:०४

साउन २३, काठामाडौं । रारामार्टले 'सपिंङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि' योजना ल्याएको छ । रारामार्ट अनलाइन मार्फत सामान खरिद गर्ने खरिदकर्ताको परिवारको १ लाखसम्म स्वास्थ्य बीमा सुविधा पाउने कार्यक्रम सहित उक्त प्रडक्ट लञ्च गरिएको हो। 

रारामार्टले अनलाइन मार्फत ग्राहकले समान किनेको आधारमा न्युनतम २० हजारको समान किन्दा २५ हजार लगायत समान किनेको आधारमा अधिकतम १ लाख सम्म स्वास्थ्य बीमा पाउने सुविधा ल्याएको छ ।


रारामार्टले प्रत्येक शुक्रबारलाई ‘रारा फ्राइडे, अनलाईन हाटबजार’ प्रडक्ट पनि लञ्च गरेको छ । प्रत्येक शुक्रबारलाई किनमेल दिनको रुपमा स्थापित गर्ने उदेश्यले राराले यो प्रडक्ट लञ्च गरेको जनाएको छ । रारा फ्राइडे हरक हप्ताको शुक्रबार दिउँसो १२ बजेदेखि राती १२ सम्म सञ्चालन हुनेछ । शुक्रबारको हाटबजारमा समान किन्दा ग्राहकले अन्य दिनको तुलनामा भारी छुट पाउने जनाईएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २० हजार उत्पादन बिक्री गर्दै आएको रारामार्टले आजदेखि उपभोक्ताको हितलाई ध्यान राखेर मार्टले खरिदकर्ताको परिवारकै १ लाखसम्म स्वास्थ्य बीमा कार्यक्रम अघि ल्याइएको ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रालिका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले बताए ।  मार्टले प्रिमियर इन्स्योरेन्सबाट आफ्ना ग्राहकहरुको स्वास्थ्य बीमा गराउन लागेको हो । उक्त बीमा सेवा प्रत्येक वर्ष नवीकरण हुँदै जानेछ  ।

यो वर्ष नै विश्व बजारमा पाइने ५० हजार उत्पादन नेपाली बजारमा भित्र्याउने योजना सहित अघि बढेको मार्टले काठामाडौं रिङ्गरोड भित्र २४ घण्टाभित्र निःशुल्क अनलाइन डेलीभरी सेवा दिने कार्यकारी निर्देशक सापकोटाले बताए । ‘हामी उपभोक्तालाई अन्य अनलाइन मार्केटभन्दा छिटो र सर्वसुलभ सेवा दिन्छौं,’ उनले भने- ‘विश्व बजारमा पाइने गुणस्तरीय सामान रारामार्टमा अन्य भन्दा सस्तो मूल्यमा पाउनु हुनेछ ।’

नेपालमा दुई करोड रुपैयाँबाट १ वर्ष अघि शुरु भएको रारामार्ट डटकम सेवाले छिट्टै ५ करोड लगानी गरेर सेवा विस्तार गर्ने योजना बनाउँदैछ । जापाानमा ३ वर्षअघि १२ जनाबाट शुरु गरिएको सो अनलाइन व्यवसाय अब २०२० मा अमेरिकामा पनि शुरु हुँदैछ । अमेरिकाको टेक्सासमा रारा यूएसए कर्पोरेशन भनेर दर्ता गरिएको छ भने भारतमा अबको दुई वर्षपछि यो सेवा शुरु हुँदैछ ।

नेपालमा रारामार्ट शुरु गर्ने युवा को हुन् ?

जापान अध्ययन गर्न गएका ३ नेपाली युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगीले नेपालमा यो व्यवसाय भित्र्याएका हुन् । अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तिय अर्थशास्त्रमा पिएचडी अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

नेपाललाई चिनाउने नामाकरण गर्ने उदेश्यले रारा नाम राखएिको उनीहरु बताउँछन् । रारामार्टमा उद्योगी प्रदिपजंग पाण्डे, कुशल जोशीलगायत २० जनाको समूह छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ