२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोकाकोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक, कति छ मूल्य ?

२०७६, २४ श्रावण शुक्रबार ०९:३९

साउन २४, काठमाडौँ | पेय पदार्थको बजारमा ख्यातिप्राप्त ब्राण्ड कोकाकोलाले २५० एमएलको सानो जिग्री प्याक बजारमा सार्वजनिक गरेको छ । कोकाकोलाले हलुका र बोक्न सहज प्याक शुक्रबार काठमाडौँको होटल याक एण्ड यतिमा एक बिशेष कार्यक्रम गरि सार्वजनिक गरेको हो । 


कोकाकोलाले आफ्नो पछिल्लो सानो प्याक पेय पदार्थलाई उपभोक्ता मैत्री अर्थात सबैको साथी जस्तै भएको भन्दै 'जिग्री' नाम दिएको जनाएको छ । जिग्री प्याकमा प्याकेजिङ उद्योगकै नवीनतम प्रविधि प्रयोग गरिएको कोकाकोलाले जनाएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्च्यात नेपाल विश्वभरमै यस क्षेमता हुने तेश्रो देश भएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

जिग्री प्याक त्यस्तो एउटा वातावरणमैत्री सानो बोत्तल हो जो पुन: प्रयोग गर्न सकिन्छ । कोकाकोलाले हलुका, पुन:शिलबन्दि गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधि प्रयोग गरेको जनाएको छ । जसको आयु ६ महिनाको हुने उल्लेख छ ।


उपभोक्ताले यो सानो प्याकको पेय पदार्थ अन्तर्गत कोकाकोला, स्प्राइट र फ्यान्टा प्रति बोतल रु ४० मा खरिद गर्न सक्नेछन ।  नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने 'हामी ग्राहकहरुका लागि कोका-कोला, स्प्राइट र फ्यान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्त खुसि छौं । जिग्री प्याकले ग्राहकले हाम्रो ब्राण्डप्रति देखाएको मायान्का लागि म आभार प्रकट गर्दछु र मलाई बिश्वास छ कि ग्राहकले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनुहुनेछ ।'


त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले भने 'बोटलर्स नेपालले नेपालमा स्टेट अफ आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं र हामी जिम्मेवार र दीगो व्यवस्थापनमा प्रतिवद्ध छौं । यो नवीनतम प्रविधि मार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं ।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी