२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्री एयरलाइन्सद्वारा अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु

२०७६, २७ श्रावण सोमबार १५:४१

साउन २७, काठमाडौँ | निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट बनारस गन्तब्यको उडान भर्नेछ । उडान अनुमति पाएपछि भारतका अन्य गन्तब्यमा पनि उडान विस्तार गर्ने कम्पनीको योजना छ । श्री एयरलाइन्ससँग चार वटा दुई सिआरजे २०० र सिआरजे ७०० जहाज छन् ।

वनारसमा चार्डर्ड उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट श्री एयरलाइन्सले अनुमति पाएको थियो । यो परीक्षण उडानपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान उडान अनुमतिपत्र (एओसी) पाउनेछ ।


अन्तरराष्ट्रिय गन्तब्यमा उडानका लागि पर्यटन मन्त्रालयलाई निवेदन दिएको सोही आधारमा परीक्षण उडान भरेपछि मन्त्रालयको प्रक्रिया पूरा गरी प्राधिकरणले एओसी दिने जनाइएको छ । एयरलाइन्सले व्यावसायिक उडान गर्नुपूर्व नियामक निकायको मापदण्डबमोजिम सक्षमता परीक्षण उडान गर्नुपर्ने हुन्छ । 

भारतका विभिन्न गन्तब्यमा उडान सञ्चालनका लागि छ महीनाअघि अनुमति पाएको र सोही आधारमा परीक्षण उडान गरिएको कम्पनीले उल्लेख गरेको छ । सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको एयरलाइन्सले हाल आन्तरिकतर्फ चन्द्रगढी, विराटनगर, नेपालगञ्जलगायत गन्तब्यमा उडान भर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी