२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

समायोजित कर्मचारीको क्षमता वृध्दि गदै वित्त व्यवस्थापन तालिम केन्द्र

२०७६, २९ श्रावण बुधबार ०७:२१

साउन २९, काठमाडौं । संघीय शासकीय प्रणाली अन्तरगतका कर्मचारीहरुलाई क्षमता विकास गरी कार्यदक्षता वृध्दि गर्ने उद्देश्यका साथ सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले पहिलो पटक नवीन तालीम प्रणालीको शुरुवात गरेको छ। कर्मचारी संघ प्रदेश र स्थानीयतहमा समायोजन भएर गएपछि उनीहरुको क्षमता वृध्दि र वृत्तिविकास गर्न यस प्रकारको तालिम संचालन गरिएको सार्वजनिक वित्त व्यवस्थापन केन्द्र प्रमुख दामोदर रेग्मीले बताए । 

३२ कार्यदिन रहनेगरि मंगलबारवाट शुरु भएको आर्थिक प्रशासन सम्बन्धी तालिममा लेखा समूहका ३० जना कर्मचारी सहभागी जनाइएको छ। जसमा संघ, प्रदेश र स्थानीयतहमा समायोजन भएका कर्मचारीहरुको सहभागिता रहेको छ । यी कर्मचारीहरुले सार्वजनिक वित्त व्यवस्थापनका विविध आयाम,आर्थिक प्रशासन, सार्वजजिक खरिद, तीनै तहको आर्थिक कार्य प्रणाली, बजेट, वित्त हस्तान्तरण, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक र अन्तिम लेखा परीक्षण, प्रतिवेदन प्रणालीका वारेमा सैध्दान्तिक, व्यवहारिक तालिमलिनेछन् र मामिला अध्ययन तयार गरी त्यसको प्रस्तुति गर्ने जनाइएको छ। 

तालिममा महालेखा नियन्त्रक सूर्य प्रसाद गौतमले संघीय आर्थिक प्रशासनलाई मर्यादित वनाउन लेखा अधिकृतहरुको भूमिका प्रभावकारी रहनु पर्ने बताए । उप महालेखापरीक्षक रामु प्रसाद डोटेलले स्वच्छ र पारदर्शी आर्थिक प्रशासन अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । तालिम प्रमुख दामोदर रेग्मीले कार्यक्षेत्रमा प्रभावकारी उपस्थिति रहने गरी तालिम कार्यक्रम संचालन गर्न प्रतिबध्द रहेको भन्दै विहिबार देखि राजस्व समूहका ३० जनाको लागि संघीय राजस्व प्रणाली र यसको प्रभावकारिता वारे तालिम रहने जानकारी दिए।  राजस्व, आर्थिक प्रशासन र लेखा परीक्षण प्रशासनको क्षमता विकासको लागि सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले आफ्रना तालिम कार्यक्रम र प्रकाशनहरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुकुल बनाउदै लगेको उनले बताए साथै आगामी दिनमा संघीय संरचना अनुरुप तालिमहरुलाई वढी व्यवहारोपयोगी वनाउदै लगिने उनले बताए । मंगलबार मात्र राजस्व चुहावट नियन्त्रण र सम्पत्तिशुध्दीकरण नियन्त्रणको अनुसन्धानप्रक्रियालाई प्रभावकारी वनाउने उपायको वारेमा एक हप्ते तालिम समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए