२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

११ बुदें घोषण पत्र जारी गदैं उद्यमशीलता सम्मेलन सम्पन्न

२०७६, २९ श्रावण बुधबार ११:०६

साउन २९, काठमाण्डौं | देशको अर्थतन्त्र बलियो बनाउन सरकारले युवा उद्यमशीलतामा लगानी बढाउनु पर्ने निकर्षसहित दुई दिने नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ सम्पन्न भएको छ ।  ४३ जिल्लाका ५०० युवा प्रतिनिधिहरुले उठाएका मागहरुलाई समेटेर ११ बुदें घोषण पत्र जारी गरिएको हो । 

उद्यम गर्न चाहने युवालाई सरकारले पहिचान गरी निसर्त लगानी गर्नुपर्ने, आइडिया बैंक स्थापना गर्नुपर्ने, बिनोधितो लोन र ब्याज अनुदानको झन्झटीलो प्रक्रिया अन्त्य गर्नुपर्ने, सरकारले युवा उद्यमशीलताको विकासका लागि सञ्चालन गरेका कार्यक्रमहरु एकद्धार प्रणालीबाट हुनुपर्ने र सेवा, सुविधा र अनुदानको कार्यक्रम पारदर्शी हुनुपर्नेमा सम्मेलनले निष्कर्ष निकालेको छ । 

प्रदेश ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय र विशाल मिडिया ग्रुपको आयोजना तथा आईएमई फाउण्डेसनको सह आयोजना रहेको सम्मेलनबाट प्राप्त उपलब्धीबारे समापन सत्रमा बोल्दैं सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले उद्यम गर्न चाहने युवाहरुको बिजनेश प्लानमाथी सरकार र निजि क्षेत्र लगानी गर्न तयार हुनुले युवाहरुमा उत्साह थपेको र आगामी दिनमा नयाँ स्टाटप कम्पनी खोल्न यसले सहयोग पुयाउने बताउनु भयो । 

समापन सत्रमा संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाल बलदेवले बिगतका कमिकमजोरी र गलत प्रबृतिका कारण युवाहरुले बिदेश पलान हुनुपरेको चर्चा गदैं दुई तिहाई प्राप्त यो सरकारले ब्यवस्थीति योजनाका साथ युवाहरुको आइडियामाथी लगानी गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । समापन सत्रमा नेपाल उद्योग बाणीज्य महासंघका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले नयाँ युवाहरुको सोच माथी लगानी बढाउने र सरकारले उद्यम गर्न चाहने युवालाई सहजिकरण गर्नुपर्नेमा जोड दिनु भयो । 

उहाँले उद्यमी बन्न त्यति सहज नभएको उल्लेख गदैं ठुला भन्दा ठुला चुनौतीको सामना गर्न सक्ने युवा मात्र सफल उधमी बन्ने बताउनु भयो । सम्मेलनमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्थमन्त्री डा. युवराज खतिवडा, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा, योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँल, पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, संकरप्रसाद कोइराला, प्रदेश ३ उधोगमन्त्री अरुण नेपाल, पुर्व उद्योगमन्त्री महेश बस्नेत, उद्योग सचिव यमकुमारी खतिवडा, बरिष्ठ उद्यमी हरीभक्त सर्मा, चन्द्र ढकाल, युवा उद्यमी हेमराज ढकाल, लक्ष्मण के.सी, दिलिप अग्रवाल, बैंकर अनिलकेशरी शाह, अनुपमा खुन्जेली, प्रविन बस्नेतलगायत ४० भन्दा बढि स्पीकरले आफनो प्रस्तुती दिनु भएको थियो । 

सम्मेलनमा उद्यम गर्न चाहने युवाहरुलाई लक्षित गरी विशाल फाउन्डेशनले प्रकाशन गरेको युवा उद्यमशीलता पुस्तकको बिमोचन समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ