७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२ हजारसम्म तलब दिँदा प्यान नचाहिने

३ भाद्र २०७६, मंगलवार ०५:४२

भदौ ३, काठमाडौँ  | दुई हजार रुपैयाँसम्म तलब लिनको लागि प्यान नम्बर नचाहिने भएको छ। दैनिक मजदुरी गर्ने र पटके काम गर्ने कामदारलाई एक पटकमा २ हजारभन्दा कमको भुक्तानीमा प्यान नम्बर लिनु नपर्ने भएको हो।

नयाँ आर्थिक वर्षदेखि नै सरकारले तलब भुक्तानीको लागि प्यान अनिवार्य बनाएपछि व्यवसायीहरू उक्त निर्णयको विपक्षमा उभिएका थिए। पूर्वाधार नबनाई सरकारले नियम बनाएको व्यवसायीको गुनासो थियो। असन्तुष्टि बढ्दै गएपछि समाधानको लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको थियो।

सोमबार बसेको कार्यदलको पाँचौ बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, २ हजारभन्दा बढीको वस्तु तथा सेवा खरिदमा बिल दिन अनिवार्य प्यान भएको बिल हुनु पर्ने बैठकले निर्णय गरेको छ। भेइकल कन्साइन्टमेन्ट ट्याकिङ सिस्टम (भिसिटिएस) समस्या समाधानको लागि भने राजस्व अनुसन्धान विभागका महानिर्देशकको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिसमेत रहने गरी स्थायी संयन्त्र बनाउने सहमति भएको छ।

सरकारले साना तथा ठूला सबै मालवाहक सवारी साधनको लागि साउन १ देखि नै भिसिटिएस लागू गर्ने बताएको थियो। खुद्रा व्यवसाय, साना व्यवसाय, किसान, दुर्गम क्षेत्रलगायतमा भिसिटिएस दर्ता गर्नु नपर्ने बैठकले निर्णय गरेको छ।

यसमा केही अस्पष्टता आए विभाग र निजी क्षेत्रको सहभागितामा संयुक्त रूपमा जिल्लाहरूमा भिसिटिएससम्बन्धी जानकारीमूलक कार्यक्रम चलाउने  निर्णय भएको छ। भिसिटिएस लागू गर्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्न राजस्व अनुसन्धान विभागले एक वर्षसम्म सहुलियत दिने छ। यसमा विभागले एक वर्षसम्मको जरिवाना मिनाह गरिदिने सहमति भएको छ |

निजी क्षेत्र र सरकारबीच भएका यो सम्झौता अर्थ मन्त्रालयले सबै सरोकारवालाको रायसुझाव संकलन गरिसकेपछिमात्र लागू हुने छ। सोमबार भएको निर्णय अर्थमन्त्रालयले सबै सरोकारवाला निकायमा सुझावका लागि पठाएको छ। सुझाव आएपछि मात्रै लागू हुने नेपाल उद्योग वाणिज्य महासंघका निमित्त महानिर्देशक गोपाल तिवारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या