२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब नियुक्त हुने सरकारी कर्मचारीका लागि नयाँ पेन्सन प्रणाली लागू

२०७६, ५ भाद्र बिहीबार ०६:५७

भदौ ५, काठमाडौँ | आर्थिक बर्ष २०७६/०७७ देखि  सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीका लागि सरकारले छुट्टै निवृत्तभरण ऐन बनाएको छ । सरकारले पेन्सनमा मात्रै वर्षेनि मोटो रकम खर्च गर्दा आर्थिक भार बढेको भन्दै नयाँ नियम लागू गरेको हो ।

उक्त ऐन अनुसार नियुक्त हुने सरकारी कर्मचारीले आफ्नै तलवबाट काटिएको रकमको आधारमा (योगदानका आधारमा) निवृत्तभरण (पेन्सन) पाउने छन् । यो ऐन निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा शिक्षकहरुको लागि लागू हुने छ ।

नयाँ व्यवस्था :

निवृत्तभरण कोष ऐन, २०७५ अनुसार २०७६ साउन १ पछि सरकारी सेवामा नियुक्त भएका सबै कर्मचारीको तलबबाट ६ प्रतिशत बराबरको रकम पेन्सनको लागि कटिन्छ । अर्थात् कर्मचारीले आफ्नो तलबको ६ प्रतिशत पेन्सनको लागि घटाएर मात्रै तलब पाउछन् । कर्मचारीबाट लिएको ६ प्रतिशतमा सरकारले पनि त्यति नै थप गरि निवृत्तभरण कोषमा जम्मा हुन्छ । अर्थात कर्मचारीको तलबको १२ प्रतिशत बराबरको रकम हरेक महिना कोषमा रहेको कर्मचारीको व्याक्तिगत खातामा जम्मा हुँदै जान्छ ।

सेवा अवधि २० वर्ष वा माथिको समयमा निवृत्त भएका कर्मचारीले मासिक रुपमा पेन्सन पाउँछन् । यसरी निवृत्त हुने कर्मचारीको पेन्सन भने सरकारले सुत्रको आधारमा तय गरिने ऐनमा व्यवस्था गरेको छ । सुत्रअनुसार कर्मचारी निवृत्त हुदाँ उसको अन्तिम तलबलाई सेवा गरेको वर्षले गुणा गरि त्यसलाई ५० ले भाग गरेर कर्मचारीको मासिक पेन्सन निर्धारण गरिन्छ ।

तर, यो हरेक तीन वर्षमा १० प्रतिशतले बढ्नेछ । कर्मचारीले पेन्सन बढ्ने सुविधा बढीमा ५ पटक सम्म पाउने ऐनको दफा १२ मा उल्लेख छ ।

२० वर्ष सेवा अवधि पूरा गरेको कुनै कर्मचारीको निवृत्तभरण लिनु अगावै वा निवृत्तिभरण लिएपछि मृत्यु भएमा भने उसको पति वा पत्नीलाई कर्मचारीले पाउने निवृत्तभरण रकमको पचास प्रतिशतले हुनआउने रकम पारिवारिक निवृत्तभरणको रुपमा दिइनेछ ।

पति वा पत्नी नभएमा, पारिवारिक निवृत्तभरण लिन थालेपछि पति वा पत्नीको मृत्यु भएमा वा त्यस्तो पति वा पत्नीले अर्को विवाह गरेमा मृत्यु भएको कर्मचारीको नाबालिग सन्तानले अठार वर्ष उमेर नपुगेसम्म त्यस्तो पारिवारिक निवृत्तभरण पाउनेछ ।

कुनै कर्मचारीको एकभन्दा बढी नाबालिग सन्तानले पारिवारिक निवृत्तभरण पाउने अवस्थामा त्यस्तो निवृत्तभरण दामासाहीले उपलब्ध गरीने ऐनमा प्रष्ट उल्लेख गरेको छ । तर कर्मचारीको सेवा अवधि २० वर्ष नपुगी सेवा छोड्न चाहेमा भने कोषमा जम्मा भएको रकम त्यसको व्याज र कोषको लाभांस सहित एकमुस्ट दिइनेछ ।

यदि कर्मचारी भविस्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि सेवाबाट बर्खास्त भएमा कट्टा गरिएको तलबमा व्याज र लाभांस मात्रै थप गरि रकम दिइने छ । सरकारले थप गरेको तलवको ६ प्रतिशत रकम भने उसले पाउने छैन ।

चालु आर्थिक वर्ष भन्दा पहिले नियुक्त भएका कर्मचारीले भने यसअघिकै नियम अनुसार पेन्सन पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी