२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्री भन्छन, विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन छ

२०७६, ५ भाद्र बिहीबार ०९:४९

भदौ ५ , काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको बताएका छन् | मन्त्रीले सम्बन्धित देशको सहयोग नपाएसम्म तथा सूचना आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने बताएका हुन् ।

उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताए ।

‘यस सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व सचिव अध्यक्षतामा राष्ट्र बैक, नेपाल प्रहरी, सम्पत्तिसम्बन्धी वित्तीय जानकारी इकाइ सम्मिलित समितिले काम गरिरहेको छ । यसको निरन्तर बैठक बसिरहेको छ’ उनले भने ‘यससम्बन्धी केही तथ्य सत्य बाहिर निकाल्न हामीलाई सम्भव हुनेछ ।’

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

त्यस्तै कांग्रेस सांसद रामबहादुर विष्टले ‘नेपालमा ठाउँ नभएर स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ?’ भनी सोधेका थिए । अर्थमन्त्री खतिवडाले सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिल्दोजुल्दो भएको पनि हुन सक्ने बताए । ‘कतिपय नेपाली मूलका अन्य मुलुकका वासिन्दा पनि हुन सक्छन् । गैर आवासीय नेपाली हुन सक्छन् र नेपाली पनि हुन सक्छन्’ उनले भने ‘नाम मिलेकै आधारमा यति अर्ब विदेशमा छ भन्न मिल्दैन ।’

अर्थमन्त्री खतिवडाले राजपरिवारको नाममा रहेका केही रकम नेपाल ल्याइसकेको बताए । नेपाल ट्रष्ट गठन भएपछि त्यसले खोजी गर्दा राजपरिवारका केही सदस्यको विभिन्न बैंकमा रकम भेटिएको भन्दै उनले त्यसलाई नेपाल ट्रष्ट मातहत ल्याइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी