७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्री भन्छन, विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन छ

५ भाद्र २०७६, बिहीबार ०९:४९

भदौ ५ , काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न धेरै कठिन रहेको बताएका छन् | मन्त्रीले सम्बन्धित देशको सहयोग नपाएसम्म तथा सूचना आदान प्रदान प्रणाली सुदृढ भएमा मात्र त्यस्ता रकमको अनुसन्धान पूरा हुन नसक्ने बताएका हुन् ।

उनले विदेशी बैंकमा नेपाली नागरिकको रकमको खोजी भने गरिरहेको बताए । त्यसका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको अध्यक्षतामा समिति गठन भएको र त्यसले काम गरिरहेको बताए ।

‘यस सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व सचिव अध्यक्षतामा राष्ट्र बैक, नेपाल प्रहरी, सम्पत्तिसम्बन्धी वित्तीय जानकारी इकाइ सम्मिलित समितिले काम गरिरहेको छ । यसको निरन्तर बैठक बसिरहेको छ’ उनले भने ‘यससम्बन्धी केही तथ्य सत्य बाहिर निकाल्न हामीलाई सम्भव हुनेछ ।’

प्रतिनिधिसभामा कांग्रेस सांसद अतहर कमल मुसलमानले अर्थमन्त्री खतिवडालाई ‘नेपाली नागरिकहरुबाट गैरकानुनी रुपमा स्वीस बैंकमा जम्मा भएको देखिएको ५३ अर्ब रुपैयाँको के कारबाही हुँदैछ र कहिलेसम्म पूरा हुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

त्यस्तै कांग्रेस सांसद रामबहादुर विष्टले ‘नेपालमा ठाउँ नभएर स्वीस बैंकमा राख्ने भाग्यमानी को हुन् र त्यो रकम फिर्ता ल्याउन सक्ने हिम्मत छ कि छैन ?’ भनी सोधेका थिए । अर्थमन्त्री खतिवडाले सञ्चार माध्यममा सार्वजनिक भएका नाम नेपालीको नभई नेपालीसँग मिल्दोजुल्दो भएको पनि हुन सक्ने बताए । ‘कतिपय नेपाली मूलका अन्य मुलुकका वासिन्दा पनि हुन सक्छन् । गैर आवासीय नेपाली हुन सक्छन् र नेपाली पनि हुन सक्छन्’ उनले भने ‘नाम मिलेकै आधारमा यति अर्ब विदेशमा छ भन्न मिल्दैन ।’

अर्थमन्त्री खतिवडाले राजपरिवारको नाममा रहेका केही रकम नेपाल ल्याइसकेको बताए । नेपाल ट्रष्ट गठन भएपछि त्यसले खोजी गर्दा राजपरिवारका केही सदस्यको विभिन्न बैंकमा रकम भेटिएको भन्दै उनले त्यसलाई नेपाल ट्रष्ट मातहत ल्याइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या