२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रम मन्त्रालयको विदेश भ्रमण खर्च- १ करोड १५ लाख, उपलब्धि के ?

२०७६, १५ भाद्र आईतवार ११:३७

मनोज पराजुली | भदौ १५, काठामाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ वर्षमा नै विदेश भ्रमणमा १ करोड भन्दा धेरै रकम खर्च गरेको छ । श्रम मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ मा बैदेशिक भ्रमण विवरण अन्तर्गत विभिन्न शिर्षकमा १ करोड १५ लाख २१ हजार ८ सय ६१ रुपैयाँ खर्च गरेको हो । 

नेपाल सरकारले व्यहोर्ने यी रकम बाहेक अन्य केहि कार्यक्रमका लागि गैर आवाशीय नेपाली संघ, अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ), एसियाली विकास बैंक लगायतले समेत खर्च व्यहोरेका छन् । 

श्रम मन्त्रालयले एउटै भ्रमणमा ३४ लाखसम्म खर्च गरेको पाइएको छ । मन्त्रालयको टोलिले १०८ औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जाँदा मात्र ३४ लाख २१ हजार १ सय ८५ रुपैंया खर्च गरेको छ । अन्तराष्ट्रिय श्रम मापदण्डहरुको कार्यान्वयन अवस्थाबारे नेपालले लिएका पहल/कदमी बारे अन्तराष्ट्रिय समुदायलाई जानकारी भएको विषयलाई श्रम मन्त्रालयले उक्त भ्रमणको उपलब्धिको रुपमा लिएको जनाएको छ । 

मन्त्रालयले मोरक्कोमा जीसीएमसहित जीएफएमपी (ग्लोबल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट) सम्मेलनमा सहभागी हुँदा २० लाख ५० हजार रकम खर्च गरेको छ । अति विशिष्ट सहित ४ जनाको टोली उक्त बैठमा सहभागी हुँदा सो रकम सकिएको हो ।

श्रम मन्त्रालयको टोली आइएलओको विभिन्न बैठक, अध्ययन भ्रमण लगायत विभिन्न देशसंगको श्रम समझदारीको लागि विदेश भ्रमणमा अन्य खर्च भएको पाइएको छ । तर श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मी अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु कोलम्बो प्रोसेस, आइएलओको गभर्नेन्स बडी लगायतमा अनिवार्य सहभागी हुनुपर्ने दायित्व भएकोले उक्त रकम खर्च भएको  बताए । 'हामीले अध्ययन भ्रमण गरेर खर्च गरेका छैनौं त्यो विवरण देखिन्छ' उनले भने ।

मन्त्रालयले फिलिपिन्स भ्रमणको उपलब्धिको रुपमा रोजगारी सृजनालाई राखेको छ तर त्यसको सार्थकता भने देखिएको छैन । श्रम मन्त्रालयका ५ जनाको टोलीले कुवेत भ्रमणमा ६ दिनमै १० लाखसम्म रकम अध्ययन भ्रमणका नाममा सकेको पाइएको छ ।

थाइल्याण्ड, युएई, फिलिपिन्स, स्विजरल्याण्ड, मलेसिया, जापान, संयुक्त राज्य अमेरिका, मोरक्को, कोरिया, इटाली, भारत, कतार, कुवेतको भ्रमणमा अति विशिष्ट व्यक्ति देखि राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीसम्म सहभागी भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी