३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वरुप फेर्दै तुलसीपुर बजार

१७ भाद्र २०७६, मंगलवार ०३:०५

भदौ १७, दाङ | तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भार्याङ, होर्डिङबोर्ड, पर्खाल, सडकबीचमा राखेर गरिएका फुटपाथ, ठेला हटाइयो, त्यसपछि भने बजारको मुहार नै परिवर्तन भएको छ । 

बजारमा पहिलेजस्तो जहाँ पायो त्यही होर्डिङ बोर्ड छैनन्, सडक मिचेर बनाइएका पर्खाल, भार्याङ, बरन्डा छैनन् । जसले गर्दा बजार सुन्दर देखिन्छ । पैदलयात्रीलाई पनि आवतजावतमा सहज भएको छ, भने गाडी आवतजावतमा पनि सहज भएको छ । यही अभियानले गर्दा आम तुलसीपुरवासीले पनि स्मार्टसिटीको आधार तयार भएको भन्दै प्रशांसा गर्ने गरेका छन् । यो कार्यप्रति आम तुलसीपुरवासीले सहयोग गर्ने गरेका छन् । “पहिले बजार कुरुप थियो, अव्यवस्थित थियो”, तुलसीपुर–६ निवासी टोपबहादुर महतारले भन्नुभयो, “तर अहिले बजार सुन्दर भएको छ ।”

तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित घरधनी तथा व्यवसायीले अटेर गरेपछि सडक मिचेर बनाइएका भर्याङ, बरण्डा, होेर्डिङबोर्ड आफैँले डोजर लगाएर हटाउन थालेको हो । सडक मिचिएका संरचना हटाएपछि बजार सुन्दर बन्दै गएको वडा नं ५ निवासी उमा राजभण्डारीले बताउनुभयो । यो अभियानलाई निरन्तरता दिने हो भने यस क्षेत्रका जनप्रतिनिधिले कल्पना गरेअनुसारका स्मार्टसिटी बन्ने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिरु रावतले बताउनुभयो । 

“यो सकारात्मक अभियानलाई निरन्तरता दिन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “बजारको मुहार बदलिन्छ ।” उहाँले व्यवसायी तथा घरधनीलाई जानकारी गराएर मिचिएका सडकका संरचना हटाएपछि बजारको सुन्दरता नै बढेको बताउनुभयो । यस्तै अभियानले तुलसीपुरलाई समृद्ध बनाउन मद्दत पुग्ने बताउनुभयो । सो बजार व्यवस्थित बनाउन कार्यविधि बनाएर अगाडि बढेको नगर प्रमुख घनश्याम पाण्डेको भनाइ छ । उहाँले बजारलाई व्यवस्थित र स्वच्छ बनाउन यो अभियानले मद्दत पुर्याएको बताउनुभयो । यो अभियानले बजार सुन्दर हुनुका साथै विभिन्न घटना, दुर्घटना पनि न्यूनीकरण हुने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु