२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एटीएम ह्याकिङ प्रकरण : यस्तो छ अध्ययन टोलीको सुझाव

२०७६, १९ भाद्र बिहीबार ०८:४२

भदौ १९, काठमाडौँ | नेपालका बैंकहरुमा एटिएम प्रणाली ह्याक प्रकरणपछि राष्ट्र बैंकले अध्ययन गर्न गठन गरेको समितिले नेपाल र भारतबाट ३ करोड ५८ लाख रुपैयाँ झिकिएको निष्कर्ष निकालेको छ | समितिका अनुसार गत शनिबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म नेपालबाट ७ बैंकका कार्ड प्रयोग गरी १ करोड ८९ लाख रुपैयाँ तथा भारतका नेपाली बैंकमार्फत भारु १ करोड ५ लाख गरी कुल ३ करोड ५८ लाख नेपाली रुपैयाँ झिकिएको पाइएको समितिको ठहर छ।

समितिले यस सम्वन्धमा फरेन्सिक एक्सपर्टको अध्ययनपछि उसका सुझाव कार्यान्वयन गर्नुपर्ने जनाएको छ। यद्यपी एटिएम प्रणालीलाई बलियो बनाउन समितिले अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका सुझाव दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।

समितिले तीन महिनाभित्र बैंकका सबै कार्ड चिपयुक्त बनाउन सुझाव दिएकाे छ। हाल चिप नभएका कार्ड समेत प्रयोग भइरहेकाले तीन महिनापछि त्यस्ता कार्ड संचालन हुन नसक्ने व्यवस्था गर्न समितिले सुझाएको छ।

हाल कतिपय बैंकका सादा म्याग्नेटिक कार्ड संचालनमा रहेको जनाउँदै समितिले बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्डहरु अनिवार्य रुपमा चिप र पिनको माध्यमबाट मात्रै कारोबार हुने व्यवस्था मिलाउन सुझाव दिएको हो।

सञ्चालनमा रहेका सम्पूर्ण एटिएम र पसलाई ३ महिनाभित्र चिप र पिनलाई स्वीकार गर्न सक्ने गरी सक्षम बनाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने समितिको सुझाव छ। साथै नेपाल बाहिर यस्तो कार्ड प्रयोग हुँदा जारी गर्नेले फलब्याक ट्रान्सजेक्सन स्वीकार नगर्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ।

समितिले दिएका दीर्घकालीन सुझावहरुमा कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित रुपमा गर्नु पर्ने, कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ।

कार्डसँग सम्बन्धित प्रणालीको अर्धबार्षिक रुपमा परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने, एटिएमको कक्षमा जडित सिसिटिभीको नियमित रुपमा केन्द्रीकृत रुपले अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ। साथै, यस्तो अनुगमन शनिबार लगायत अन्य विदाको दिनमा समेत नियमित रुपले गर्ने व्यवस्था मिलाउनु पर्ने सुझावमा उल्लेख छ।

इजाजतपत्रप्राप्त वित्तीय सेवा प्रदायक संस्थाहरुले साईबर सेक्युरिटीको जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नु पर्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ। भिसा, मास्टरकार्ड लगायत अन्य भुक्तानी प्रणाली सञ्चालकहरुबाट सबै बैंक तथा वित्तीय संस्थाहरुले कारोबारको सीमा निर्धारण गर्ने सेवा लिनुपर्ने व्यवस्था मिलाउनु पर्ने समितिको सुझावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल