२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कोषलाई स्मार्ट बनाइने

२०७६, २१ भाद्र शनिबार ०८:०१

भदौ २१, काठमाडौं । सामाजिक सुरक्षा कोषलाई स्माट बनाउनुपर्ने आवश्यकता रहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् । कोषमा आवद्ध हुनका लागि हालको अनलाइन प्रणालीलाई थप परिमार्जन गर्दै लगिने उनने बताए । 

कोषको दायरा बढाउन प्रदेशगत रुपमा शाखा बिस्तार गर्नुपर्ने आवश्यता रहेको ज्ञवालीले बताएका छन् । सामाजिक सुरक्षा कोषले संचारकर्मी र कोषका कर्मचारीलाई दिएको २ दिने तालिमका अवसरमा उनले सो बताएका हुन् ।


कोषका कार्यकारी ज्ञवालीले समाजिक सुरक्षा कोषले हाल गरिरहेको कार्य र आगामी योजनाहरुबारे जानकारी दिएका हुन् । कोषले छिट्टै १११६ नम्बर सहितको  निशुल्क टोलफ्री सेवा मार्फत कल सेन्टर शुरु गर्ने उनले जानकारी दिए।


उनले ठुला रोजगारदाता कोषमा आउनेक्रम जारी रहेकोभन्दै शुरूवातमा देखिएका समस्यालाई समाधान गर्दै जाने बताए। समाजिक सुरक्षा कोष बाट प्राप्त हुने क्षतिपूर्ति व्यवस्थापनमा चुनौती रहेको बताए । कोष संचालनका कानुनी अवस्था बारे कोषकी निर्देशक रमा भट्टराईले स्पष्ट पारिन । समाजिक सुरक्षाको विकासक्रम र नेपालको अवस्था बारे कोषका कानुनी सल्लाहकार रमेश वडालले जानकारी गराएका छन् ।

सामाजिक सुरक्षा कोषमा सम्बन्धित करका विषयमा कोषकी लेखाअधिकृत अनुपमा कार्कीले जानकारी दिईन् ।

 

२ दिने तालिममा पत्रकार र कर्मचारीहरु सहभागी भएका थिए । नेपाल अर्थिक पत्रकार संघका अध्यक्ष सिताराम भट्टराईले समाजिक सुरक्षा योजना कार्यन्वयनको सन्दर्भमा देखिएको समस्या समाधानको मार्ग पहिल्याएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल