७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ भाद्र २७ गतेदेखि सुरु हुने

२३ भाद्र २०७६, सोमबार १०:०८

भदौ २४, काठमाडौँ | नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी किर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको छ। किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा यहि भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबार सम्म उक्त महोत्सव हुने भएको हो ।

सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था तथा नयाँ बजार क्लब, राजकमल महर्जन तथा शशिर महर्जनको संगको संयुक्त आयोजनामा उक्त पाँचौ कीर्तिपुर महोत्सव २०७६ आयोजना गर्न लागिएको बताइएको छ । महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ । 

यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ । महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन् । उक्त अवसरमा मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ ।

मेलामा एक सय पचास भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी ब्यबस्थापन कमिटीले गराएको छ ।

पाँचौ किर्तिपुर महोत्सव २०७६ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेला मा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको आयोजकले जानकारी दिएको छ ।

औधोगिक शान्ति नेपाल संस्थामा अधक्ष्य सन्दिप महत, उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल,  कलाकार संयोजक सुर्य चन्द, कार्यालय प्रमुख बिनोद जैसवाल रहेका छन । साथै कलाकार तथा स्टेज ब्यबस्थापन राकेश महर्जनको रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या