२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सुनको मुल्य कति छ ? हेर्नुहोस

२०७६, २७ भाद्र शुक्रबार ०६:४९

भदौ २७, काठमाडौँ | दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो । 

बिहिबार सुनको मूल्यमा प्रतितोला रु २०० ले गिरावट आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको थोयो भने आज शुक्रबार फेरी रु २०० घटेर प्रतितोला ७० हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बिहिबार चाँदीको मूल्य रु पाँचले घटेर रु ८७५ पुगेको थियो भने आज शुक्रबार फेरी ५ रुपैयाले घटेर ८ सय ७० रुपैया कायम भएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ । केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो । विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल