२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनसम्म पनि पेट्रोलियम पाइपलाइन ल्याउन सकिने

२०७६, २७ भाद्र शुक्रबार १०:३२

भदौ २७, काठमाडौँ | पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने इन्डियन आयल कर्पोरेशनले गरेको एक अध्ययनले देखाएको छ । तर यसका लागि थप अध्ययन गर्न बाँकी रहेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए |

‘आइओसीको अध्ययनले चितवनको लोथरसम्मै पेट्रोलियम पाइपलाइन ल्याउन सक्ने सम्भावना देखाएको छ, तर पुन अध्ययन गर्न बाँकी नै छ’, निर्देशक भट्टराईले भने। उनका अनुसार अमलेखगन्जबाट ६२ किलोमिटर लामो पाइपलाइन बनाउँदा चितवनको लोथरसम्म आइपुग्ने छ।

आइओसीले गत वर्षदेखि नै रूट सर्भे गरेको थियो। अहिले विस्तृत इन्जिनियरिङ अध्ययन पुरा गरेको छ। निगमले चितवनको लोथरमा भण्डारण गृह निर्माणका लागि २४ विघा ९ कठ्ठा जमिन खरिद गरेको छ। त्यहीँसम्म पाइपलाइन बिछ्याएर इन्धन भण्डारण गर्ने निगमको योजना रहेको भट्टराईले जानकारी दिए।

चितवनमा बनाइने भण्डारण गृहले तराई र पहाडी क्षेत्रमा इन्धन वितरणका लागि सहज हुने उनले बताए । अमलेखगन्जसम्मको पाइपलाइनले निगमको वार्षिक एक अर्ब १७ करोड खर्च बचत भएको छ, भने चितवनसम्मै आइपुग्दा खर्च अझ धेरै घट्नेछ।

सरकारले गत मङ्लबार मात्र मोतीहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी