२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी केरा उत्पादक सघंले अबैध रकम असुली गर्दै, गाउँपालिकाकै व्यक्तिहरुको मिलोमतो !

२०७६, ३० भाद्र सोमबार ०२:२०

श्याम थापा | भदौ ३०, सुस्ता | केरा किसानहरुको हक हितका लागी भनेर दर्ता गरिएको पश्चिम नवलपरासीको केरा उत्पादक सघंले केरा ब्यवपारीहरु संग अबैध रुपमा रकम असुली गरि रहेको छ । भने सुस्ता गाउँपालिका लगायत सम्बन्धित निकायका केही मुख्य ब्यक्तिहरुको मिलोमतो रहेको आशंका पनि रहेको बुझिएको छ ।

एउटा समिती जस्तो संस्थाले सहयोग स्वरुप भन्दै सुस्ता गाउँपालिकाको नर्सही र पक्लिहवाका केरा किसानहरुबाट खरिद गरेर ल्याएको केराहरुको गाडी अर्थात पिकअप भ्यान भन्ने गाडीबाट २ सयको दरले खुल्याम रुपमा अवैध तरिकाले रकम असुली भैरहदा पनि सुस्ता गाउँपािलका र सम्बन्धित निकायहरु मौन रहनुनै आशंकाको बिषय बन्न पुगेको छ ।

रकम असुली गर्न भने केरा उत्पादक संघ नवलपरासीले प्रत्येक गाडीको ५० रुपैयाका दरले पाउने गरि रकम असुली गर्न मान्छे खटाएको पाइन्छ । केरा उत्पादक सघं नवलपरासीको सहयोग रसिद लिएर सुस्ता गाउँपालिकाको वडा न.५ पक्लिहवाको बलिनगर र सोही गाउँपालिकाको वडा न.४ नर्सहीको ९ नम्बर ठोक्कर स्थित बिगैप बाधमा केराहरुको गाडी रोकी अवैधरुपमा रकम असुली गरिरहेको स्थानिय केरा किसानहरुको भनाइ रहेको छ ।

आफुहरु संग खरिद गरेर लगेको केरा ब्यवपारीहरुसंग गाडीको २ सयका दरले सघंले उठाउदा केरा किसानहरु थप मर्कामा परेको केरा किसानहरुले बताउछन । गत बर्ष पनि केरा उत्पादक सघं नवलपरासीका मुख्य पदाधिकारीहरु मिली रकम असुली गरेर आफनो खल्ती भर्ने कार्य गरेको थियो ।

गत बर्ष झै यस बर्ष पनि सोही ढाचा अनुसार सघंको नाउँमा मानोमानी रकम असुली गरिरहेका छन । सुस्ताको नर्सही र पक्लिहवा गरि दैनिकी रुपमा ४५ देखी ५०  पिक अप गाडी केराहरु बुटवल,नारायणघाट,दाङ्ग,पोखरा र काठमान्डौ जस्ता शहरका बजारहरुमा जाने गरेको छ ।

यसरी दैनिकी रुपमा ४५ देखी ५० गाडीको २ सयका दरले अबैध रुपमा रकम असुली गरि सघंका पदाधिकारी अर्थात अध्यक्ष,सचिव र कोषाध्यक्षले आफनो खल्ती भर्ने कार्य गरिरहेको सुस्ता ४ नर्सहीका एक केरा किसानले बताए ।

उनका भनाइ अनुसार त सुस्ता गाउँपालिकाको कार्यालयलाई यस बिषयमा पटक पटक जानकारी गराउदा पनि गाउँपालिकाले बेवास्था गरेको देख्दा सुस्ता गाउँपालिका केही प्रमुख ब्यक्तिहरु पनि यस रकम असुली कार्यमा मिलोमतो रहेका आशंका ब्यक्त गरेका छन ।

यस बिषयमा सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेलाई सुस्ता सन्देशले सोद्धा आफुले रकम असुली नगर्न केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु प्रसाद यादवलाई जानकारी दिएको तर त्यस जानकारी पाउँदा पनि सघंका अध्यक्षले बेवास्था गरेको हुदा आफुले पुन यस्तो कार्य नगर्न भनेर भन्ने जस्ता जवाफ दिएर उम्किएका छन । भने केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु प्रसाद यादवलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी