७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलले ल्यायो ‘मेरो प्लान’ योजना, यस्ता छन् सुविधा, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

१ आश्विन २०७६, बुधबार ०८:०६

असोज १, काठमाडौं | एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएकोछ | जस अन्तर्गत ग्राहकले अबअझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदालिन सक्नेछन् । असोज १ देखि लागु हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् |

यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ । यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्रभ्वाइस र एसएमएस सेवापनिअझ सुलभ दरमालिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

ग्राकहले कर सहित रु २५४.१० मा १ जिबी डेटा भोल्युम र कर सहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले कर सहित मात्र रु ८९.३८ माथप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजालिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र रु १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा रु ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान७९९ पनि रहेका छन् । ग्राहकले रु ६३७.१७मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा मात्र रु १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक रु १९१.५४ माखरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत रु १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र रु ३८३.०७मा थप ७ जिबी डेटा भोल्युमलिन सक्नेछन् ।

मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र रु १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रभ्वाइस सेवाको फाइदालिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमाप्लानमारहेकाग्राहकले मात्र रु ५१०.७६ माथप १०जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुको प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँचमध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले कर सहित मात्र रु ०.६४ माएनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या