७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलले ल्यायो यस्तो सुविधा, बोनस ब्यालेन्स र पुरस्कार जित्न सकिने

६ आश्विन २०७६, सोमबार ०९:२७

असोज ६, काठमाडौं | एनसेल प्रयोगकर्ताले अब आफ्नै धुन रेकर्ड गरे आफ्नो प्ले ब्याक रिङ्ग टोन (पिआरबिटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न सक्ने छन् | एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पिआरबिटी आफ्नै धुन’ को  नयाँ भर्सन ल्याएको हो | जस अन्तर्गत अब ग्राहकहरुले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्नेछन |

उक्त  योजना सोमबार (असोज ६) आजबाट संचालनमा आउँदै छ | प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद रु ३०,००० प्राप्त गर्नेछ | त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद रु २०,००० पुरस्कार पाउने छन् | भने विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ |   

धुन बनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारु बापत रु ३ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । त्यस पश्चात प्रत्येक १० एक्टिभेसनका हिसाबले रु ३० बोनस पाउनेछन् । यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ |

 प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पिआरबिटी आफ्नै धुन सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ । यस पिआरबिटी सेवाका लागि प्रत्येक महिनाको शुल्क रु १० (कर सहित रु १२.७७) रहेको छ । 

यस योजनामा भाग लिई आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आईडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन् । लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पिआरबिटीका रुपमा प्रयोगका लागि आवहान गर्न सकिन्छ । 

ग्राहकमा रहेको प्रतिभाको उजागर गर्न सहयोग गर्ने यस्तो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म संचालनमा रहनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा