३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नौ सय किमी सडक कालोपत्र

७ आश्विन २०७६, मंगलवार १५:४९

असोज ७, दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा  गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताउनु भएको छ । आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले  विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन केही तत्वबाट सङ्घीयताको विरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भइरहेको छ भन्नुभयो ।

जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता बन्न नसकिने समेत उहाँको भनाइ छ । तीन तहमा जनप्रतिनिधि र २० हजारभन्दा बढी कर्मचारी कार्यरत रहँदा प्रशासनिक खर्च भने बढेको जस्तो देखिए पनि तीनै तहका सरकारबाट अहिले घरआँगनबाटै सेवा पाउँदा जनतालाई धेरै सजिलो भएको बताउनुभयो । 

गत आर्थिक वर्षमा ९०० किमी सडक कालोपत्र भएको र यो अहिलेसम्मकै बढी सडक कालोपत्र भएको समेत उहाँले उल्लेख गर्नुभयो । प्रदेश नं ५ सरकारले २०० किमीभन्दा सडक कालोपत्र गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोखरेलले यही अनुपातमा सात वटै सरकारले कालोपत्र गरे बर्सेनि एक हजार ४०० तथा प्रत्येक स्थानीय तहले वर्षमा पाँच किमी सडक कालोपत्र गरे तीन हजार ५०० किमीभन्दा बढी कालोपत्र हुने उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु