2026-07-03 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेच्न थाल्यो सुन्दर यातायातले बिजुली बस

2019-09-26

असोज ९, काठमाडौँ | काठमाडौँको  रिङ्गरोडमा बिजुली बस संचालनमा ल्याएको सुन्दर यातायातले अब बिक्रीका लागि पनि बुकिङ खुल्ला गरेको छ | सुन्दर यातायात ट्रेडर्स प्रालिले दसैंतिहारको अवसरमा ७५ प्रतिशत फाइनान्सको सुविधा सहित बिएके ब्रण्डका बिजुली बसको बुकिङ खुल्ला गरेको हो |

कम्पनीले १०.५ मिटर, ८.५ मिटर, १२ मिटर र ७.५ मिटर लम्बाइका गरी कुल ४ प्रकारका गाडीको बुकिङ खुल्ला गरेको हो। १०.५ मिटर बसको १ करोड ६२ लाख, ८.५ मिटर बसको १ करोड ५५ लाख ३५ हजार , १२ मिटर बसको १ करोड ७२ लाख ३५ हजार र ७.५ मिटरको बसको मूल्य १ करोड ३२ लाख ३५ हजार निर्धारण गरिएको छ।

कम्पनीले गाडी खरिद गर्नेलाई प्रत्येकमा ३ देखि ५ लाखसम्म छुटको व्यवस्था समेत गरेको थापाले जानकारी दिए। ७२.८५ देखि २०६.५ किलोवाट पावर व्याट्री क्षमता रहेका यी गाडीले फुल चार्जमा २५० देखि २६८ किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ।

कम्पनीले गाडी र गाडीको व्याट्रीमा ५ वर्षको वारेन्टी प्रदान गर्ने थापाले जानकारी दिए। ‘हामीले आफूले प्रयोग गरेपछि मात्र गाडी बजारमा ल्याउन लागेका हौं। हाम्रो परिक्षण सफल भएकोले बुकिङ खोलेका हौ,’ उनले भने।

बुकिङ गरेको ९० दिन भित्र ग्राहकलाई गाडी उपलब्ध गराउने थापाको दावी छ। बिजुली बस बिक्री वितरण सुरु गरेपनि नयाँ रुटहरुमा सार्वजनिक सवारीको लागि पनि बस थप्दै जाने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक