२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा जनप्रतिनिधि आएपछि सडक निर्माणमा प्राथमिकता

२०७६, २७ आश्विन सोमबार ०७:२०

असोज २७, बैतडी | बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । सडक मुख्य आवश्यकता भएकाले सडकलाई प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका छन् ।

निर्वाचित भएको अढाई वर्षको अवधिमा बैतडीको दशरथचन्द नगरपालिका–१ मा साढे १८ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो । गुरुखोला, खालकलौन सडक निर्माणमा २० लाख खर्च भएको र १२ किलोमिटर सडक निर्माण गरिएको हो । 

यस्तै गुरुखोला –सतबाँझ तीन किलोमिटर सडक निर्माणमा तीन लाख, खालिकाचौर कैलपालमाडौँ सडक निर्माणमा १० लाख र पारिकलौन सडक निर्माणमा तीन लाख खर्च गरिएको वडा कार्यालयले जनाएको छ । स्थानीयवासीको मागअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखिएको वडाध्यक्ष भट्टको भनाइ छ । गुरुखोला खाल–कलौन सडकलाई द्यौमडासम्म विस्तार गर्न दुई करोडमा ठेक्का भएर कामसमेत भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । 

यस्तै पुराना सडकलाई पनि अढाई वर्षको अवधिमा स्तरोन्नति गर्ने काम भएको वडा कार्यालयले जनाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका केही काम अघि बढेको छ । ग्रामीण सडक निर्माण हुँदा आफूहरुलाई कृषि उपज बजारसम्म पुर्याउन सजिलो भएको दशरथचन्द नगरपालिका–१ का परमानन्द भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आफूले फलफूलको नर्सरीसमेत स्थापना गरेकाले नर्सरीबाट उत्पादित बोटबिरुवा बिक्रीका लागि बजारसम्म पुर्याउन पनि सहज भएको छ ।” ग्रामीण सडकलाई छिट्टै स्तरोन्नति गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

गाउँमा सडक पुगेपछि बालबालिकादेखि वृद्धवृद्धालाई सजिलो भएको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन होस अथवा अन्य बिरामीलाई अस्पताल पुर्याउन सडकले सजिलो भएको महिला स्वास्थ्य स्वयंसेविका ईश्वरी भट्टले बताउनुभयो । सकेसम्म नागरिकका आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पनि उहाँले सुझाव दिनुभयो । गाउँमा सडक पुगेपछि आफूहरुलाई निकै खुशी लागेको स्थानीय वयोवृद्ध शेरबहादुर पाण्डेले बताउनुभयो । “आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुशी लागेको छ”, उहाँले भन्नुभयो । निर्माण गरिएका सडकलाई स्तरोन्नति गर्ने कार्य प्राथमिकतामा राखेको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । वडाका सबै बस्तीमा सडक पुर्याउने आफ्नो योजना रहेकाले अहिले सडक निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । सडकसँगसँगै विकास निर्माणका अन्य काम पनि भइरहेका वडाध्यक्ष भट्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह