७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ सदरमुकामको कमसल कालोपत्रे एकैदिनमा उप्कियो

२ कार्तिक २०७६, शनिबार ०३:०८

कात्तिक २, बागलुङ | शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सुनाउने अवसर पाए । 

बुधबार र बिहीबार रामरेखास्थित जसवीर टोलमा कालोपत्रेको काम भएको थियो । झण्डै १०० मीटरको यो खण्डको आधाजसो कालोपत्रे गरिएको छ । बाँकी खण्ड कालोपत्र गरिँदैछ । टोलका सामाजिक अगुवाले हातैले कालोपत्रे उप्काएर देखाएपछि नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले तत्काल ठेकेदारका प्रतिनिधिलाई फोन गर्नुभयो ।

तिलक निर्माण सेवाले सदरमुकामका विभिन्न भित्री सडकको कालोपत्रे गर्नका लागि ठेक्का लिएको थियो । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधीन सडकको कालोपत्रे उप्केको हो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उतारेर फालिदिएका छन् । 

कालोपत्र गर्नका लागि धुलो उडाएर पानीले पखालेपछि गिट्टीमाथि अलकत्रा राखेर कालोपत्रे राख्नुपर्नेमा धुलोमै राखेको भेटिएको इञ्जिनीयर मनोश शर्माले बताउनुभयो । स्थानीयले गुनासो गरेपछि आफैँ पुगेर उक्त खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको समेत उहाँले बताउनुभयो । उहाँले कमजोर काम नगर्न पटकपटक दिएको निर्देशन पालना नभएको पनि टिप्पणी गर्नुभयो । 


नगरपालिका र सडक बोर्डको गरी रु ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि गत असारदेखिनै काम भएको थियो । चाडपर्वको कारण रोकिएको काम तिहारभित्रै सक्ने गरी पुनः थालिएको थियो । उक्त घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन् । 

कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको भन्दै स्थानीय रणसिं बोहोराले गुनासोसमेत गर्नुभयो । नालीको सतह बराबर बनाउनुपर्नेमा खाँडलैखाँडल छाडेको भेटिएको थियो । केही दिन अघि नेकपाले गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा पनि बोहोराले सडक अलपत्र छाडिएको टिप्पणी गर्नुभएको थियो । कालोपत्रे गर्दाका खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने इञ्जिनीयर शर्माले बताउनुभयो । 

वडाध्यक्ष दुर्गाबहादुर बोहोराले पनि यो काम समयमै अनुगमन गर्न सकेकाले सच्याउन पाएको बताउनुभयो । “केही दिनपछि थाहा पाएको भए ठेकेदार र कामदा हिँडिसक्थे, समयमै रोकेर भत्काउन पाइयो”, उहाँले भन्नुभयो, “फेरि काम लगाएर गुणस्तरीय बनाउँछौँ ।” 

बोहोराले बिहीबार दिउँसै काम कमसल भएको अनुमान लगाएर ठेकेदार र कामदारलाई सच्याउन सुझाव दिएको बताउनुभयो । यसअघि गत आर्थिक वर्ष नाली र आवश्यक संरचना नबनाइकन कालोपत्रे गर्दा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा जाने सडक पनि उप्केको थियो । उक्त खण्डको झण्डै २०० मिटर कालोपत्रे उप्केपछि डिजाइनमा समेत त्रुटि भएको निष्कर्ष निकालिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा