२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ विक्री खुला, कसरी दिने आवेदन हेर्नुहोस् तरिका

२०७६, १० माघ शुक्रबार ०७:०४

मनोज पराजुली । माघ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट ४० करोड रुपैयाँ बराबरको 'वैदेशिक रोजगार बचत पत्र'को बिक्री खुल्ला गरेको छ। पाँच बर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचतपत्र २०८१ क, ख, ग बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बार्षिक १० प्रतिशतको दरमा ६/६ महिनामा व्याजदर भुक्तानी हुने उक्त बचतपत्र खरिदको लागि आउँदो चैत्र २१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । निष्काशन मिति माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति २०८१ को माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू  वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सक्नेछन् ।

घटीमा १० हजार रुपैयाँ र बढीमा रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदको लागि  सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटका केद्रीय कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बचतपत्र निष्काशनको सूचना हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट