२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीभरि फोरजी सेवा विस्तार गरिँदै

२७ माघ २०७६, सोमबार ०८:२२

माघ २६, डोटी | नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ। उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा केही हप्ता पहिले फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले पछिल्लो समय जिल्लाभरिमा विस्तार गर्न लागेको हो। फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमको राजपुर कार्यालयले जिल्लाका विभिन्न स्थानमा राखिएका टेलिकमका बिटिएस टावरमा फोरजी सेवाका उपकरण जडानको कामलाई तीव्रता दिएको छ। जिल्लाभरिमा फोरजी सेवा विस्तारका लागि टेलिकमले बिटिएस टावर जडान गर्न थालेको छ।

यसै सिलसिलामा जिल्लाको जोरायल गाउँपालिकाका विभिन्न स्थानमा पहिलो चरणमा फोरजी एर्लटी सेवा सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार उक्त गाउँपालिकाको रावतकट्टे, सिलिङ्गीबाग, भाडी, गड्सेरा, खतेडालगायतका ठाउँमा एकैसाथ उक्त सेवा सुचारु गरिएको हो। 

टेलिकमले यसअघि बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा सञ्चालन गरे पनि पछिल्लो समय जिल्लामा सबै स्थानीयतहमा यो सेवा विस्तार गरिरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए। 

उनले भने “हामीले जिल्लाका शहरी क्षेत्रसँगै स्थानीयतहमा पनि फोरजी सेवा विस्तार गरीरहेका छौँ, क्रमिकरुपमा जिल्लाभरिमै फोरजी सेवा विस्तार हुनेछ।” टेलिकमले पहिलो चरणमा जिल्लाको जोरायल गाउँपालिकाको प्रमुख स्थानमा फोरजी सेवा शुरु गरेपछि अहिले त्यहाँका स्थानीयवासी निकै खुशी भएको स्थानीयवासी तथा युवा नेता चित्रराज भट्टले बताए। 

उनले भने, “टेलिकमले फोरजी सेवा सञ्चालन गरेर राम्रो काम गरेको छ, फोरजी सेवा विस्तार भएपछि स्थानीयलाई विभिन्न सन्देशमूलक समाचार पढ्न र हेर्न सजलो भएको छ ।” अन्य इन्टरनेटभन्दा फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले अनुमान गरेको छ। 

यो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक इन्द्रबहादुर कठायतले बताए। जिल्लाका अन्य मुख्य शहर पिपल्ला, राजपुर, सिलगढी, कुल्पातेमा टेलिकमले दशैँ अगाडि फोरजी सेवा विस्तार गरे पनि जोरायलमा भने अहिले आएर आफ्नो फोरजी सेवा विस्तार गरेको हो। त्यस्तै टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा फोरजी सेवा विस्तारको लागि तयारी गरिरहेको जनाएको छ। 

सुदूरपश्चिममा अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडान हुने कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए। अन्य इन्टरनेट सेवाभन्दा फोरजी सेवा छिटो र छरितो भएकाले यसको सेवा शुल्कमा केही वृद्धि हुनसक्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ।

गाउँपालिकामा फोरजी सेवा विस्तार भएपछि अहिले गाउँपालिकामा भएका सूचनालगायतका समाचारमूलक खबर आदानप्रदान गर्नमा निकै सहुलियत भएको जोरायल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले बताए। -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला