८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले घरमै सेवा दिँदै

१ फाल्गुन २०७६, बिहीबार १०:२५

फागुन १, बैतडी | बैतडीका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य  कार्यक्रम सञ्चालन हुने भएको हो।

ती स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। सो कार्यक्रम सञ्चालन हुने पालिकामा एकजना हेल्थ असिष्टेन्ट तथा स्टाफ नर्सले सेवा दिने जनाइएको छ। उनले भने, “कार्यक्रम सञ्चालन भएका पालिकाको एउटा स्वास्थ्य संस्थालाई केन्द्र बनाएर सोही ठाउँबाट ज्येष्ठ नागरिकका लागि औषधि वितरण गरिनेछ।” 

कार्यक्रमअन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफल पनि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ।  मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउन सहयोग मिल्ने विश्वास गरिएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस जिल्ला सहित प्रदेशका नौवटै जिल्लाका २९ स्थानीय तहमा सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो | -रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी