२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैङ्कमा थन्कियो ५ सय केजी सुन

२०७६, १४ फाल्गुन बुधबार ०२:२१

फागुन १४, काठमाडौं । सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरुले बैङ्कबाट पहेँलो धातुको खरिदमा कटौती गरेका छन् । व्यवसायीहरुले सनु नकिन्दा अहिले बैङ्कहरुमा ५ सय केजीभन्दा बढी सुन थन्किएको छ ।

नेपाल बैङ्कर्स संघका अनुसार फागुन शुरु भएलगत्तै व्यवसायीहरुको बैङ्कबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाह/व्रतबन्धको सिजन अर्थात् असोज, मङ्सिर, माघ र फागुनमा बैङ्कबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरुले बैङ्कबाट धेरै सुन किनेका छैनन् ।

गत वर्ष प्रतितोला रु ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश