२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीमा असिनाले हिउँदेबालीमा नोक्सान पुर्याएपछि किसान चिन्तित

२०७६, १८ फाल्गुन आईतवार १०:१७

फागुन १८, डोटी | डोटीको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ |

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत  टेकबहादुर खड्काले भने “साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पा¥यो।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पु¥यायो भन्ने आँकलन नभएको जानकारी दिए |

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन्। जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पु¥याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताए। उनले भने, “असिनाले किसानलाई निकै समस्या पा¥यो।” 

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पु¥याएपछि निरास भएका छन्।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पु¥याएको छ जानकारी लिने काम भइरहेको बताए |–रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने