८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने

१ चैत्र २०७६, शनिबार १४:४९

चैत  १, हेटौडा | वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ ।  

रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग जोड्ने र बर्दिबास–काठमाडौँ जोड्ने राजमार्गमा यदाकदा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाका सर्वसाधारणलाई इन्धन, खाद्यान्न र निर्माण सामग्रीका लागि सहज आपूर्ति तुल्याउन पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवेलाई सञ्चालन गर्न पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी आव २०७७/७८ मा कार्यान्वयन गर्नेगरी काम अघि बढाउने दृढता व्यक्त गर्नुभयो । 

यही शुक्रबार उहाँकै कार्यकक्षमा मकवानपुरका उद्यमी व्यवसायी, सर्वसाधारण नागरिक र हेटौँडा–काठमाडौँ रोपवेका पूर्वकर्मचारीले भेटघाट गरी उक्त रोपवे लाइनलाई चाडै सञ्चालन गर्न सुझावसहित माग प्रस्तुत गरेका थिए । हेटौँडा उपमहनगरपालिका–१ चौकीटोलमा स्थापित देशकै एकमात्र पुरानो हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन विगत एक दशकदेखि बन्द रहँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ