८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज किन अधिकांश पेट्रोल पम्प बन्द भए ? यस्तो छ भीत्री तथ्य

२ चैत्र २०७६, आईतवार १३:१३

चैत २, काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प बन्द हुनुको कारण कोरोना भाइरसको प्रभाव मानिए पनि यसको भित्रि रहश्य भने अर्कै छ । 

आज धेरै स्थानका पेट्रोल पम्प कि त बन्द देखिन्थे खुलेकाहरुमा सर्वसाधारणको निकै लामो लाइन समेत देखिए । कोरोना भाइरसको संक्रमणले दैनिक उपभोग्य सामानको अभाव हुनसक्ने त्रास देखिएकै बेला पेट्रोल पम्पहरुमा लामो लाइन देखेपछि सर्वसाधारण समेत आतंकित हुनु स्वभाविक नै हो तर आज पेट्रोल पम्पमा लाइन देखिनु कोरोनाको प्रभाव भने होइन । पेट्रोल पम्प व्यवसायीहरुको मनपारीको कारण आज अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका हुन् । 

नेपाल आयल निगमसँग पर्याप्त तेल मौज्दात हुँदा हुँदै पनि गत दुई दिनदेखि पेट्रोल पम्पहरुले आफ्नो पेट्रोल पम्पमा इन्धन भर्न नचाहेको बुझिएको छ । तर यस्तो किन गरे त उनीहरुले ? निगम स्रोतका अनुसार पम्पहरुले आफ्नो पेट्रोल पम्पमा तेल लैजाननै नचाहेर पेट्रोल पम्प बन्द गरेका हुन् । जसको कारण खुलेका पेट्रोल पम्पहरुमा सर्वसाधारणले निकै लामो लाइनमा बसेर इन्धन भर्न बाध्य बन्नु परेको छ । 


पेट्रोल पम्पहरुले अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुनसक्ने अनुमान गर्दै पम्पमा पेट्रोल/डिजेल छैन भन्ने प्ले कार्ड राखेर सर्वसाधारणलाई झुक्याएका हुन् । अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएको र नेपालमा पनि सस्तिन्छ भन्ने पुर्व सूचना पाएका कारण उनीहरुले तेल नभरेको बुझिएको छ । महंगोमा किनेको तेल बाँकी रहंदा घाटा हुने डरले पेट्रोल पम्पहरुले डिलरहरुले आफ्नो पेट्रोल पम्पमा तेलनै नराखेको बुझिएको छ । जस कारण आइतबार अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएको हो । 

मुल्य समायोजनको सूचना निगमका कर्मचारीहरुले व्यवसायीहरुलाई दिएर कमिसन खाने गरेको समेत आरोप लाग्दै आएको छ । निगमका कर्मचारीले पेट्रोल/डिजेलको भाउ घट्ने पुर्व सूचना व्यवसायीलाई दिएको कारण पनि पेट्रोल पम्पहरु बन्द भएको आरोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ