२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंमा नयाँ मास्क उद्योग, भोलि सरकारलाई ५० हजार मास्क उपलब्ध गराउँदै

२०७६, ११ चैत्र मंगलवार १५:२२

चैत ११, काठमाडौँ | सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायीकाले लगानीमा नयाँ मास्क उद्योग खोलिएको हो ।

दैनिक ५० देखि ७० हजार गोटा मास्क उत्पादन गर्न सकिने गरी उद्योगले उत्पादन सुरु गरेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । नाकामा मेसिन र उपकरणहरु अडि्कँदा निर्धारित समयभन्दा ३ दिन ढिला गरेर सोमबारबाट मास्क उत्पादन सुरु भएको हो ।

‘भोलि हामी सरकारलाई ५० हजार मास्क उपलब्ध गराउँदैछौं,’ श्रेष्ठले भने,’त्यसपछि क्रमैसँग राजधानी र राजधानी बाहिरका पसहलरुमा मास्क बिक्री सुरु गर्नेछौं ।’

उनले निजी क्षेत्रले समाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर संकटको समयमा मास्क उत्पादन सुरु गरेको बताए । नेपालमा अहिले मास्कको चरम अभाव छ । यसका कारण कालोजारी पनि मौलाएको छ ।

सरकारले निजी क्षत्रेलाई मास्क उत्पादन गर्न आग्रह गरेबमोजिम निकै तीव्रताका साथ नयाँ उद्योग खोलेर उत्पादन सुरु गरिएको हो । चेम्बर अफ कमर्स सरकारलाई संकटको सामाना गर्न सघाउने भन्दै अध्यक्ष श्रेष्ठले सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश