२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इसेवामाथिको प्रहार न्योचित छैन

२०७६, २१ चैत्र शुक्रबार १३:२१

चैत २१, काठमाडौँ | भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले समाचार पोर्टलको समाचार हटाइएको विषयमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै नियोजित रुपमा भइरहेको प्रहार कुनै किसिमले न्यायोचित नरहेको बताएको छ । कम्पनीले आज विज्ञप्ति निकालेर विगत केही दिनदेखि एउटा समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै समाचार हटाइएको भनिएको अनलाइनपोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारेको हो ।

विगत ११ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इसेवाले शुरुआती दिनदेखि नै विभिन्न बाधाव्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेको स्मरण गराउँदै इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको बताएको छ । ‘इसेवाको संरचना, प्रविधि तथा सेवाहरु राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको आमग्राहकलाई जानकारी गराउछौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवादिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्नअत्यन्त संवेदनशील र प्रतिबद्ध छौँ’, विज्ञप्तिमा भनिएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारी ‘वर्क फ्रम होम’अन्तर्गत २४ सैँ घण्टा सेवामा कटिबद्ध रहेको र अहिलेको परिस्थितिमा नगदरहित भुक्तानीलगायतका सेवा अझ प्रभावकारी बनाउन लागि परेको कम्पनीले उल्लेख गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश