८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहयोगका लागि अपिल गर्दै सुनिलस्मृति गाउँपालिका

२३ चैत्र २०७६, आईतवार ०८:२७

चैत २३, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षाका लागि भन्दै सहयोगका लागि अपिल गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको हस्ताक्षरमा एक अपिल सार्वजनिक समेत गरेको छ, अपिलमा भनिएको छ ।

आदरणि आमा, वुवा, दाजुभाई तथा दिदिबहिनिहरु, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न सवै एकतावद्ध रुपमा लागि सतर्कता अपनाउनु आजको गम्भीर आवश्यकता बनेको छ । संक्रमणको जोखिमबाट बच्न उच्च सतर्कताका साथ आ–आफ्नो स्थानबाट लागि पर्नु भएका सवै नागरिक, जनप्रतिनिधि, राजनीतिक दल, संघसँस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारीहरु प्रति गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ ।

यस विपद्को जोखिमलाई हटाउन साथै विपद् पूर्वतयारी, प्रतिकार्य योजना तथा पुनस्थापना जस्ता कृयाकलाप गर्नुपर्ने अवस्था भएकाले यी सबै कुराको व्यवस्थापन गर्न गाउँपालिकाको तर्फबाट गाउँपालिकाको हालको विपद् व्यवस्थापन कोषको २५ लाख रकमलाई वृद्धि गरि कम्तिमा ४० लाखसम्म पुर्याउने मिति २०७६/१२/२० गते बसेको गाउँकार्यपालिका बैठकबाट निर्णय भएको र उक्त कोषमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले कम्तिमा ७ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार, वडा सदस्यहरुले कम्तिमा २ हजार तथा गाउँपालिकाबाट तलव भत्ता बुझिलिने शिक्षक, कर्मचारीहरु मध्ये अधिकृत स्तरका शिक्षक, कर्मचारीहरुले ५ दिन बराबरको तलव र सहायक स्तरका शिक्षक, कर्मचारीहरुबाट ३ दिन बराबरको तलव रकम कोषमा जम्मा गर्ने निर्णय सम्पूर्णमा जानकारी गराउदै यस कार्यको लागि थप आर्थिक तथा वस्तुगत सहायता गर्न चाहने व्यक्ति, संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई यस गाउँपालिकाको नाममा रहेको ग्लोवल आई.एम.ई. बैंक, शाखा कार्यालय सुलिचौर, रोल्पामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा रहक जम्मा र वस्तुगत सहायताका लागि सिधैँ गाउँपालिकामा दिनुहुनका लागि हार्दिक अपिल गर्दछौँ । साथै अपिलमा भनिएको छ, थप जानकारीका लागि गाउँपालिका अध्यक्ष मोवाइल नं. ९८५७८२४८१७, उपाध्यक्ष मोवाइल ९८५७८२४८१८, प्रमुख प्रशासकीय अधिकृत मोवाइल ९८५७८२५७७५, लेखा अधिकृत ९८५७८२४८२० मा पनि सम्पर्क गर्न सकिने जानकारी गराइएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जनाकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा