२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोभिड–१९ का सूचना एउटै वेबसाइटबाट, क्वारेन्टाइनको निगरानी एप्सबाटै

२०७६, २४ चैत्र सोमबार ०९:००

नारायण ढुङ्गाना | चैत २४, काठमाडौँ | कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानीबाट मुक्त हुँदै हुनुहुन्छ । आजदेखि कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिन सक्नुहुनेछ । सँगै मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन प्रणालीकोसमेत शुरु गरिएको गृहमन्त्रालयले जनाएको छ । 

यसलाई गृहमन्त्रालयले ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ । यसरी सूचना प्राप्त गर्न तपाईले एउटा वेबसाइट हेर्नुपर्नेछ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि उक्त वेब सञ्चालनमा ल्याएको हो । ब्राउजरमा गएर https://covid19.ndrrma.gov.np/  लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । वेबमा भएको ताजा विवरणअनुसार आजसम्म सङ्क्रमित आठ जना उपचारकै क्रममा छन् । एक जना उपचारपछि फर्किसकेका छन् । आज हजार १६६ जना क्वारेन्टाइनमा छन् । १३१ व्यक्ति आइसोलेसनमा छन् ।


उक्त वेबसाइटको गृहमन्त्री रामबहादुर थालाले लगइन गरेर सञ्चालनमा आएको घोषणा गर्नुभएको छ । मन्त्री थापाले उक्त सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विश्वले भोगेको महासङ्कटको अवस्थामा नेपालले पनि बेहोर्नुपरिरहेको सन्दर्भमा सञ्चालनमा आएको व्यवस्थित सूचना प्रणालीले विपद्को सामना गर्न मद्दत मिल्ने उहाँले बताउनुभयो ।

उक्त वेबसाइटमा मुलुकका ७५ वटै जिल्लाका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्क प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । त्यहाँ मानिस क्वारेन्टाइनमा कति छन् ? कति जनाको स्वाब नमूना लिइएको छ । सङ्क्रमित कति फेला परे, कति जना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् ? भन्ने कुरा जानकारी लिन सकिनेछ ।  

यसअघि मानवीयरुपमा विवरण सङ्कलन गर्ने गरिएकामा अब भने सिधै प्रविधिको प्रयोग गरी एकै पटक उक्त वेबसाइटबाट हेर्न सकिनेछ । प्रदेश र जिल्ला तहको अवस्था के कस्तो छ ? भनेरसमेत त्यहीँबाट जानकारी लिन सकिनेछ । जोखिम कुन ठाउँमा बढी छ भन्ने कुरासमेत हेर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार वेबसाइट पूर्ण सञ्चालनमा आउँदासम्म वडा तहदेखिकै विवरण राखिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरुपमा उक्त वेबमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको छ । 

क्वारेन्टाइन अनुगमनका लागि ‘कोबड्डी’ एप

मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (covuddy) एप्स पनि आजदेखि प्रयोगमा ल्याएको छ । यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका अवस्थामा उक्त एप्सले त्यसको निगरानी गर्नेछ ।

उक्त एप्स जसले पनि प्रयोग गर्न सक्दैन । राज्यको निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । आजदेखि काठमाडौँ, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिँदैछ ।  

एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ ।  एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि प्रवेशको अनुमति मिल्नेछ । मास क्वारेन्टाइनमा उक्त एप्स प्रयोग गर्दा अझै प्रभावकारी हुनेछ । 

क्वारेन्टाइनमा बसेका मानिस छाडेर अन्यत्र जाँदा अनुहार पहिचान गर्ने प्रविधिको सहयोगले तुरुन्तै प्रहरी वा स्थानीय निकायलाई खबर पुग्छ । आपत्कालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो या कुनै समस्या भयो भने एप्सबाटै सन्देश पठाउन सकिनेछ । यसले स्थलमार्ग वा हवाईमार्गबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सहयोग गर्नेछ । 

उक्त एकीकृत सूचना प्रणाली ‘आफ्नो नेपाल’ नामक संस्थाको नेतृत्वमा स्मार्ट टेलिकम र प्रो–एमर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरी नेपाल सरकारलाई निःशुल्क सहयोग गरिएको हो । अयदगममथ एप्समा विशेष कोड नम्बर हालेपछि फ्रन्ट क्यामरा खोलेरभित्र प्रवेश गर्न सकिने आफ्नो नेपालका अध्यक्ष समीर पन्थीले जानकारी दिनुभयो । 

उक्त संस्थाले यसअघि माइती नेपाललाई सहयोग गर्ने गरी उपत्यकामा ‘माइती क्याफे’ सञ्चालन गर्दै आएको छ । संस्थाले हराएका महिला खोजीका लागि ‘खोजी एप’ सञ्चालनमा छ । उक्त एकीकृत सूचना प्रणाली नेपालमा भित्र्याउन १० जना प्राविधिकले काम गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो