२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनिलस्मृति गाउँपालिकाद्वारा सहयोगको लागि अनुरोध

२०७६, २७ चैत्र बिहीबार ०३:०६

चैत २७, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि वडा वस्ती र टोलहरुमा गतिविधि गर्नुहुने संघसस्था, राजनितीक दल, वुद्धिजिवि, व्यापारी, युवा क्लव समाज सेवीहरुलाई गाउँपालिका जानकारी गराउन अनुरोध गरेको छ । 

विपतको अवस्थामा सहयोग  गर्नुहुने संघसस्थाहरुलाई हार्दिक आभार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बुधबार एक हार्दिक अनुरोध पत्र सार्वजनिक गर्नुभएको छ, हार्दिक अनुरोधमा भनिएको छ ।

यस सुनिलस्मृति गाउँपालिका अन्तर्गतका सवै वडा र वस्तीहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न सवै एकतावद्ध रुपमा लागी सतर्कता अपनाउनमा सूचना तथा परामर्श गर्नुभएका सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, वुद्धिजिवि, संघसस्था, व्यापारी, युवा क्लव, समाजसेवीहरुमा यस गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।

यस गाउँपालिकाको विभिन्न वडा र वस्तीहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस  (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न आ–आफ्नो क्षेत्रबाट लागि पर्नुहुने वुद्धिजिवि, व्यापारी, युवा क्लव, समाजसेवीेहरुले आफ्नो वस्ती टोल र वडाहरुमा गर्नुभएका क्रियाकलापहरु यस गाउँपालिकामा जानकारी गराई सहयोग गरिदिनुहुन समेत  अनुरोध अनुरोधमा भनिएको छ ।

साथै यस विपत्को घडिमा गाउँपालिकालाई थप सहयोग गर्न चाहानुहुने संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई ग्लोवल आई.एम.ई. बैंक सुलिचौर शाखामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग तथा गाउँपालिकामा वस्तुगत सहायता प्रदान गर्नको लागि हार्दिक अनुरोध समेत गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश