८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनिलस्मृति गाउँपालिकाद्वारा सहयोगको लागि अनुरोध

२७ चैत्र २०७६, बिहीबार ०३:०६

चैत २७, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर, रोल्पाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि वडा वस्ती र टोलहरुमा गतिविधि गर्नुहुने संघसस्था, राजनितीक दल, वुद्धिजिवि, व्यापारी, युवा क्लव समाज सेवीहरुलाई गाउँपालिका जानकारी गराउन अनुरोध गरेको छ । 

विपतको अवस्थामा सहयोग  गर्नुहुने संघसस्थाहरुलाई हार्दिक आभार व्यक्त गर्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बुधबार एक हार्दिक अनुरोध पत्र सार्वजनिक गर्नुभएको छ, हार्दिक अनुरोधमा भनिएको छ ।

यस सुनिलस्मृति गाउँपालिका अन्तर्गतका सवै वडा र वस्तीहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न सवै एकतावद्ध रुपमा लागी सतर्कता अपनाउनमा सूचना तथा परामर्श गर्नुभएका सम्पूर्ण राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी, वुद्धिजिवि, संघसस्था, व्यापारी, युवा क्लव, समाजसेवीहरुमा यस गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ ।

यस गाउँपालिकाको विभिन्न वडा र वस्तीहरुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस  (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न आ–आफ्नो क्षेत्रबाट लागि पर्नुहुने वुद्धिजिवि, व्यापारी, युवा क्लव, समाजसेवीेहरुले आफ्नो वस्ती टोल र वडाहरुमा गर्नुभएका क्रियाकलापहरु यस गाउँपालिकामा जानकारी गराई सहयोग गरिदिनुहुन समेत  अनुरोध अनुरोधमा भनिएको छ ।

साथै यस विपत्को घडिमा गाउँपालिकालाई थप सहयोग गर्न चाहानुहुने संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई ग्लोवल आई.एम.ई. बैंक सुलिचौर शाखामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा आर्थिक सहयोग तथा गाउँपालिकामा वस्तुगत सहायता प्रदान गर्नको लागि हार्दिक अनुरोध समेत गरिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा