सलिम अन्सारी, साउन ३, प्यूठान । शनिबार देखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सकिदा प्यूठान जिल्लामा यस बर्ष पनि करोडौको बिकास बजेट फिर्ता भएको छ।सरोकारवाला निकायले समय मै काम समपन्न गर्न नसक्दा आर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी, साउन ३, प्यूठान । शनिबार देखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सकिदा प्यूठान जिल्लामा यस बर्ष पनि करोडौको बिकास बजेट फिर्ता भएको छ।सरोकारवाला निकायले समय मै काम समपन्न गर्न नसक्दा आर्"/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

प्यूठानमा २१ प्रतिशत बजेट फ्रिज

३ श्रावण २०७३, सोमबार ०८:३३

सलिम अन्सारी, साउन ३, प्यूठान । शनिबार देखि नयाँ आर्थिक बर्ष सुरु भएको छ। आर्थिक बर्ष सकिदा प्यूठान जिल्लामा यस बर्ष पनि करोडौको बिकास बजेट फिर्ता भएको छ।सरोकारवाला निकायले समय मै काम समपन्न गर्न नसक्दा आर्थिक वर्ष २०७२र०७३ मा विकास निर्माणसँग सम्वन्धित बजेटको २१ प्रतिशत रकम  फ्रिज  भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानले दिएको जानकारी अनुसार पूँजिगततर्फ विनियोजित रकमको ७८ दशमलव ९३ प्रतिशत बजेट मात्रै खर्च भएको छ ।

९८ करोड ६७ लाख ६१ हजार ९ सय रुपैयाँ बजेट विनियोजन भएकोमा ७७ करोड ८८ लाख ७३ हजार ६ सय ११ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कोष नियन्त्रक दिनेश थापाले बताए ।

‘पूँजितगत बजेट विकास निर्माणसँग सम्वन्धित हुन्छ’,उनले भने,‘यसपटक पनि विगतका वर्षजस्तै खर्च भएको छ ।’ जिल्लामा रहेका ३२ वटा विभिन्न विषयगत कार्यालयको गरी कुल २० करोड ७८ लाख ८८ हजार २ सय ८८ रुपैयाँ बजेट काम नभई फिर्ता भएको उनले जानकारी दिए ।

जिल्ला विकास समिति प्यूठानको ३७ दशमलव ८ प्रतिशत बजेट गत आर्थिक वर्षमा खर्च हुन सकेन । विनियोजित २३ करोड ७६ लाख १८ हजार रुपैयाँमध्ये १४ करोड ८० लाख ९६ हजार ६ सय ५२ रुपैयाँ मात्रै खर्च भएको छ । ‘असारे विकास प्रवृत्तिले विकासले गति लिन सकेको छैन्’,जिविसका योजना तथा प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालले भने,‘समुदाय स्तरबाटै विकास निर्माणमा चासो भए मात्र यो स्थितीमा सुधार आउने उनको भनाइ छ।

तर सडक डिभिजन कार्यालय प्यूठानले पनि कुल बजेटको ८० दशमलव ९ प्रतिशत रकम खर्च भएको जानकारी दिएको छ । ३५ करोड ९६ लाख ९ हजार रुपैयाँ विनियोजित बजेटमध्ये २९ करोड ९९ लाख ८ हजार १ सय ९२ रुपैयाँ खर्च भएको उक्त कार्यालयले जानकारी दिएको छ । जसलाई सकारात्मक नै मान्न सकिन्छ ।

त्यस्तै प्यूठान नगरपालिकाले यसपटक शतप्रतिशत रकम खर्च गरेको छ । विभिन्न योजनाहरुका लागि छुट्याइएको ८७ लाख ४३ हजार रुपैयाँ बजेटमध्ये पुरै रकम खर्च भएको नगरपालिकाका कार्यकारी अधिकृत नेववहादुर वलीले जानकारी दिए । ‘उपभोक्ता समिति अन्तर्गत निर्माण गरिने योजनाहरु समयमै पुरा भएका छन्’,वलीले भने,‘विकास निर्माणका गतिविधिहरुमा सवैले अपनत्व लिएमा काम गर्न सजिलो हुन्छ ।’

तर जिल्ला प्राविधिक कार्यालयले कुल बजेटको आधा रकम समेत खर्च हुन सकेन । ४० करोड ६७ लाख रुपैयाँ बजेट अख्तियारी आएकोमा २० करोड १८ लाख २ हजार ३ सय ४१ रुपैयाँ ९४९.५ प्रतिशत० मात्र बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयद्धारा जारी तथ्यांकमा उल्लेख छ ।

प्राविधिक अन्तर्गत संचालित ठूला दुई परियोजना राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम (एसएनआरटिपी) र सामुदायिक सिंचाई आयोजना (सिआईपी) क्रमागत योजना अन्तर्गत पर्ने भएकाले पूनः बजेट फिर्ता हुने प्रमुख जिल्ला इञ्जिनियर सुरेन्द्र घिमिरेले आशा व्यक्त गरे । समयमै बजेटको अख्तियारी नआउँदा योजनाहरु सम्पन्न गर्न समस्या भएको उनको तर्क छ ।

मन्त्रालय तथा बिभागबाट ढिलो गरि अखित्यारी आउनु,योजनाको सम्झौता अनुसार समय मै काम नगरिनुले बर्षेनी जिल्लाको बजेट फ्रिज हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला