२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अह ! हामी अझै सुरक्षित छैनौं (भिडियो हेर्नुहोस्)

२०७७, ५ बैशाख शुक्रबार ०५:०५

अनिल अधिकारी | वैशाख ५, काठमाडौँ |  धेरैलाई हेक्का छैन, एटिएमबाट पैसा निकाल्दा हामी सुरक्षित नहुन सक्छौं किनभने २४ घण्टा सेवा पाईराखिएको एटिएम काउन्टर एकै दिन सयौं मानिसले प्रयोग गर्छन् । त्यस्ता काउन्टर प्रयोगका क्रममा सावधानी नअपनआउदा के होला ? बैंकले एटिएम काउन्टर छिर्नु अघि र प्रयोग पछि हात धुने कुनै व्यवस्था मिलाएको छ ? 

हाल महामारी फैलिएका देशहरुमा बढीसे बढी मानिसहरु लिफ्ट तथा एटिएम बुथहरुको प्रयोग गर्छन् । जसको कारण उनीहरुमा तीब्र गतिमा भाइरस संक्रमण फैलिएको अध्ययनले देखाएको छ । यस्तो अवस्थामा हाम्रो नेपालमा भने यस तर्फ ध्यान गएको देखिन्न । 

देशभर हजारौंको शंख्यामा एटिएम काउन्टरहरु छन् । त्यहा सर्वसाधारणको आउनेजाने चलिरहेको छ । मानिसहरु पहिलेझैँ एटिएम बुथमा छिर्छन्, पैसा झिक्छन् निस्कन्छन् । यस्तै क्रम एकै दिन सयौंको चल्छ । 

चिकित्सकहरुका अनुसार अहिले महामारीको रुप लिएको कोरोना भाइरस नाक, मुख, हात, आँखाबाट सजिलै सर्छ । त्यसैलेपनि लागि नाक मुख छोप्ने र हात धोईरहनु पर्छ । साझा रुपमा प्रयोग हुने एटिएम काउन्टरमा भने न्युनतम सावधानी पनि अपनाएको देखिदैन । मानिसहरु एटिएम बुथमा छिर्नेबेला देखि प्रयोग गर्दासम्म सबैको हात एकै स्थानमा हुन्छ । सबैले बुथको ढोका र एटिएम मेसिनको किबोर्ड छुनैपर्ने हुन्छ । यस्तो अवस्थामा एक जना मात्र संक्रमित व्यक्तिले त्यो काउन्टर प्रयोग गरेको खण्डमा त्यसले अरुलाई सार्ने सम्भावना स्वत: हुन्छ । 

तर देशभरका अधिकांश बैंक र सम्बन्धित निकायले यति सानो कुरामा समेत ध्यान दिएका छैनन् । दुई व्यक्तिबीचको दुरी नाप्दै हिड्नेहरुलाई एकै दिन सयौंको प्रयोगमा आउने एटिएम बुथ मानिसको प्रयोगका लागि सुरक्षित छ/छैन समेत हेक्का छैन । 

अब प्रश्न गरौँ – बर्षमा यति मुनाफा भयो, हाम्रो बैंकयस्तो र उस्तो भन्दै करोडौंको प्रचार गर्ने बैंकले इतो संवेदनशील घडीमा एउटा जावो स्यानीटाइजर समेत राख्न नसकेका हुन् ? कि बैंकहरु जिम्मेवार छैनन् ? 

बर्षेनी करोडौंको नाफा निकाल्ने बैंकहरु, अरवौंको पुजी भएका बैंकहरु समेत यस्तो संवेदनशील घडीमा कतिसम्म गैर जिम्मेवार बन्दैछन् हामीले यसैलाई देखाउन काठमाडौँको बालाजु र गोंगबु क्षेत्रलाई आधार बनाई एउटा स्थलगत भिडियो बनाएका छौं:- 


केहि जानाकार व्यक्तिले एटिएम बुथको ढोका खोल्दा कुहिनाले ठेल्ने र निर्देशन/पिन नम्वर हान्दा आफूसँग भएको कुनै कागजको सहाराले भाइरस हातमा नसर्ने गरि पिन हान्ने गरेका छन् । साथै बुथभीत्र अनिवार्य मास्क समेत प्रयोग गर्ने गरेका छन् । तर यो ज्ञान अधिकांश व्यक्तिमा छैन वा एटिएम प्रयोग गरेर घर आएपछि राम्ररी सावुन पानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्दैनन् । जसको कारण बन्दा-बन्दिको समयमा खुलेका एटिएम काउन्टरबाट भाइरस सर्ने खतरा छ । त्यसमा पनि एउटा बुथमा छिरेर पैसा निकाल्न नपाएपछि अरु एटिएम काउन्टरमा प्रयास गर्दै हिड्न पर्ने बाध्यताले थप समस्या आएको छ । 

एटीएम मेसिन धेरैले प्रयोग गर्ने भएकाले पर्याप्त सुरक्षा अपनाउनु पर्ने बिज्ञहरुको सुझाव छ । एटीएम काउन्टरमा भाइरस सर्ने उच्च जोखिम हुने भएकाले प्रयोगकर्ताहरुलाई स्यानिटाइजर, मास्क र पन्जाको अनिवार्य प्रयोग गर्न सुझाव बिज्ञहरुले दिएका छन् । एटीएम मेसिन छिर्ने ढोका सबैले समाउने हुँदा छिर्नु अघि हात धुने व्यवस्था गर्नुपर्ने हुन्छ । तर अधिकांश एटिएम काउन्टर अगाडी त्यस्तो व्यवस्था छैन । 

बैंकको काउन्टर छिर्दा स्यानिटाइजरले हात सफा गरेर मात्र बैंकमा छिर्न दिने बैंकहरुले आफ्नो एटिएम काउन्टरमा छिर्ने ग्राहकलाई भने वेवास्ता गरेका छन् । यसै विषयमा नेपाल राष्ट्र बैंकले समेत बैंकहरुलाई ध्यानाकर्षण गराएको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले साझा सबाललाई जानकारी गराए । 

भाइरस संक्रमणको संवेदनशील घडीमा राष्ट्र बैंकले एटिएम काउन्टरमा सुरक्षाको लागि बैंकहरुलाई ताकेता गरेको भएपनि त्यसको व्यवहारिक पक्ष भने फितलो देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश